बालिका बलात्कार गर्ने युवकलाई १२ वर्ष कैद
कक्षा ७ मा पढ्ने १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको मुद्दामा कपिलवस्तुका एक युवालाई १२ वर्ष कैद भएको छ ।
जिल्लाको बुद्धभूमि नगरपालिका–९ इमिलियाका १८ वर्षीय योगेश श्रेष्ठलाई १२ वर्ष कैद र रु एक लाख क्षतिपूर्तिको फैसला भएको छ ।
जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश लोकजङ्ग शाहको इजलासले बुधबार सो फैसला गरेको हो । जबर्जस्ती करणीे मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका उनलाई अदालतले उक्त सजाय तोकेको हो ।
अदालतका स्रेस्तेदार चिन्तामणि शर्माका अनुसार ती बालिकालाई बलात्कार गर्ने अन्य चार बालकलाई भने आठ वर्ष बालसुधार गृहमा राख्ने फैसला भएको छ ।
विसं २०७५ माघ र फागुनमा छुट्टाछुट्टै सयममा ती बालिकालाई छ जनाले ललाइफकाई जबर्जस्ती करणी गरेका थिए । बालिकाले डर त्रासका कारण त्यसबारे घरमा कसैलाई जानकारी दिएकी थिइनन् ।
घटनापछि बालिकाले तीन महिना चार दिनको गर्भ बोकेको कुरा स्वास्थ्य जाँचका क्रममा भेटिएको थियो ।
पीडितकी आमाले २०७६ वैशाख ११ गते आफ्नी छोरीलाई छ जनाले बलात्कार गरेको किटानी जाहेरी दिनुभएको थियो । सोही आधारमा घटनाका मुख्य आरोपी श्रेष्ठ पक्राउ परेका थिए । बालिकालाई नगरपालिका–२ गोरुसिङ्गेस्थित रोयल खुस्बु होटलमा लगी बलात्कार गरिएको थियो ।
होटलका मालिक नगरपालिका–९ इमिलियाका युवराज भुसाल जैसीले बालिकालाई बलात्कार गरेका थिए । किटानी जाहेरी परेदेखि उनी फरार रहेको प्रहरीले जनाएको छ । उनको मुद्दा मुल्तबी राखिएको स्रेस्तेदार शर्माले जानकारी दिए ।
बालिका सकुशल रहेको प्रहरीले जनाएको छ । बालबालिकासम्बन्धी ऐनको दफा ३६९४० अनुसार आरोपी बालक भए कैदको दुई तिहाइ मात्र सजाय भोग्नुपर्ने प्रावधान छ ।
अठार वर्ष मुनिका बालबालिकाको सहमति र असहमति दुवै अवस्थामा बलात्कार हुने मुलुकी संहितामा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा