शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

'कोरोना भाइरस नियन्त्रणका लागि कडा उपाय अपनाउन ढिलाइ गरिनुहुन्न'

चीनको कडाइ र इटालीको हेलचेक्र्याइँबाट बाँकी विश्वले सिक्नसक्छ : निनो कारटाबेल्लोटा
बिहीबार, २९ फागुन २०७६, १२ : ००
बिहीबार, २९ फागुन २०७६

कोरोनाभाइरस संक्रमणको तीब्र फैलावटलाई गम्भीरतापूर्वक नलिइँदा, पूर्वतयारीप्रति उदासीन हुँदा र आफ्नो देशमा सङ्क्रमण छैन भनेर मनगढन्ते सोचका  साथ ढुक्क भएर बस्दा कस्तो अनिष्ट र महासङ्कट आउन सक्छ भन्ने बुझ्न इटाली एउटा राम्रो उदाहरण हो । अहिले इटालीलाई कोरोनाभाइरसको सङ्क्रमणले तीव्र रूपमा गाँजेको र यसबारेमा त्यहाँका जनस्वास्थ्य विज्ञले दिएका यी सुझाव नेपालका लागि पनि एउटा गतिलो पाठ हुन सक्छ । यस अर्थमा अल जजिराले प्रकाशित गरेको यो अन्तर्वार्ता अनुवाद गरेका छौँ ।

फैलँदो कोरोनाभाइरसको सङ्क्रमणका कारण अहिले इटाली पूरै लक डाउनको स्थितिमा छ । उसले आफ्ना ६ करोड जनतालाई अनिश्चित कालका लागि आवत जावतमा प्रतिबन्ध समेत लगाएको छ । यो स्थितिबारे अल जजिराका एलिसा ओड्डोनले इटालीका प्रसिद्ध जनस्वास्थ्य विज्ञ, प्राध्यापक तथा गु्रप्पो इटालिनो पेर ला मेडिसिना बासाटा सुल्ले एभिडेन्जे (Gruppo Italiano per la Medicina Basata sulle Evidenze- GIMBE) का अध्यक्ष निनो कार्टाबेल्लोट्टासँग कुराकानी गरेका छन् ।

निनो कार्टाबेल्लोट्टाले क्वारेन्टाइनलाई देशव्यापी बनाइएको कुराको स्वागत गर्दै भनेका छन्, आखिरमा निर्णय लिइछाडिएको छ ।

‘यो फगत समयको कुरा थियो । यो नै भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि अपनाउने पर्ने एक मात्र बाटो थियो,’ उनले भनेका छन् ।

प्रमाणमा आधारित औषधिसम्बन्धी समूहका रूपमा ख्याति प्राप्त उनको संस्थाले चीनमा कोरोनाभाइरसको कहर सुरु भएदेखि नै तथ्याङ्क सङ्कलन गर्दै आएको र सङ्क्रमणलाई नजिकबाट नियालिरहेको छ । उनको संस्था इटालीको स्वास्थ्य मन्त्रालयलाई सल्लाह दिन हालै गठित टास्कफोर्ससँग पनि सम्बद्ध छ ।

महामारीले उग्ररुप लिँदै जाँदा गत फेब्रुअरीदेखि नै कार्टाबेल्लोट्टाले यसलाई रोक्न कडा कदम चाल्नका लागि आवाज उठाउँदै आएका छन् । प्रस्तुत छ अल जजिराले लिएको उक्त अन्तर्वार्ताको अनुदित अंशः

भाइरस यति चाँडो किन फैलियो ?

–यो भाइरस सबभन्दा पहिले हुबेई प्रान्तभरि फैलिएको हामीले देख्यौँ । त्यसपछि त्यसका नजिकका प्रान्तहरुमा र अन्ततः पूरै चीनभरि फैलियो । त्यही तरिकाले विश्वका अन्य मुलुकमा पनि फैलिनेछ भन्ने आशङ्का हामीले गरेका थियौँ । दिनहरु बित्दै जाँदा संसारका सबै ठाउँतिर यो भाइरस फैलिइसकेको प्रष्ट हुँदै गयो । यसो हुनुको कारण चाहिँ रोगका लक्षण नदेखिने गरी भाइरसले चाँडो सङ्क्रमण गर्नु नै हो ।

निश्चय पनि यो भाइरस इटालीमा जनवरीको दोस्रो हप्तातिरै आइपुगेको हुनुपर्छ अर्थात इटालीले चीनबाट आउने हवाई यात्रीलाई जनवरी ३० मा बन्द गर्नुपूर्व नै । तथापि हवाई यात्रालाई निलम्बन गरेपछि सबैजना यो सङ्क्रमणबाट बच्न सकिन्छ भन्ने ठानिरहेका थिए ।

केही मानिस अहिलेको लक डाउन केही समय पहिले नै लागू गरिनुपथ्र्यो भन्ने ठान्छन् । के यो ढिलाइकै कारण स्थिति झन् गम्भीर भएको हो त ?

– इटालीमा सङ्क्रमण देखिएका केही केस घोषणा हुनासाथै हामीले के थाहा पाइसकेका थियौँ भने हामी पनि यस किसिमको ठूलो महामारीबाट गुज्रनुपर्नेछ । कोभिड–१९ को महामारी अस्पतालमा पुगेपछि झनै फैलियो । यस्तो स्थितिमा सङ्क्रमणको शिकार हुनेहरुको सङ्ख्या तीव्र गतिमा वृद्धि हुँदै गयो ।

सोमबारभन्दा पहिले मुलुकका राजनीतिक र आर्थिक पक्षहरुद्वारा राष्ट्रिय अर्थतन्त्रलाई जोगाउन सामान्य र सुरुवाती कदम चालियो । तर त्यसो गर्दा हामीले संस्थागत रूपमा पेस गरिएका सबै विश्लेषणलाई पूर्ण रूपमा ख्याल गरिएन ।

इटालीको राजनीतिक पक्षले पर्ख र हेरको नीति लियो । सतहमा देखापरेका स्थितिका आधारमा थोरबहुत कठोर उपाय पनि लिइए । तर भाइरसले त्यो तरिकाले काम गर्दैन । भाइरस अत्यन्तै खतरनाक ढङ्गले छिटो सर्ने गर्छ ।


इटालीको राजनीतिक पक्षले पर्ख र हेरको नीति लियो । सतहमा देखापरेका स्थितिका आधारमा थोरबहुत कठोर उपाय पनि लिइए । तर भाइरसले त्यो तरिकाले काम गर्दैन । भाइरस अत्यन्तै खतरनाक ढङ्गले छिटो सर्ने गर्छ ।


हामीले मार्च १ देखि नै पूरै देशका लागि त्यस किसिमको कडा नियन्त्रणमुखी उपायहरु लिनु पर्थ्यो । क्षेत्रीय, प्रान्तीय वा सरहका सीमाहरुमा त्यसलाई सीमित गरिनुले कुनै अर्थ राख्दैन । त्यस किसिमको ढिलाइ वा सुस्ततापूर्ण नीतिले यस किसिमको महामारीले घेरिएको बेला समाधान गर्न सक्दैन ।

तर युरोपले पनि त्यस्तै गरिरहेको छ । यसबारेमा युरोपीय स्तरमा कुनै समन्वय भएको छैन । महामारी फैलिइहाले के गर्ने भनेर राष्ट्रिय वा ब्लक स्तरमा कुनै तयारी र योजना नै छैन । कुनै पनि युरोपेली राष्ट्रले महामारी फैलिइहाल्यो भने सामना गर्न कुनै योजना बनाएको जानकारी मलाई छैन ।

चीनको सत्तारुढ कम्युनिस्ट पार्टीले एउटा नीति लागू गर्यो । त्यो नीतिले हुबेई प्रान्तलाई नै तीन हप्ताका लागि लक डाउन गर्यो । त्यसको सकारात्मक नतिजाहरू आएका छन् । अहिले हामी त्यो महामारीको भड्खालाबाट चीन बाहिर निस्कँदै गरेका सकारात्मक नतिजा पनि देख्दैछौँ । यसलाई नियन्त्रण गर्ने अरू टुक्रे तरिका भाइरस फैलावटको गतिका तुलनामा काम लाग्ने खालका छैनन् ।


चीनको सत्तारुढ कम्युनिस्ट पार्टीले एउटा नीति लागू गर्यो । त्यो नीतिले हुबेई प्रान्तलाई नै तीन हप्ताका लागि लक डाउन गर्यो । त्यसको सकारात्मक नतिजाहरू आएका छन् । अहिले हामी त्यो महामारीको भड्खालाबाट चीन बाहिर निस्कँदै गरेका सकारात्मक नतिजा पनि देख्दैछौँ । यसलाई नियन्त्रण गर्ने अरू टुक्रे तरिका भाइरस फैलावटको गतिका तुलनामा काम लाग्ने खालका छैनन् ।


यो भाइरस कसरी फैलिन्छ भनेर राजनीतिज्ञले अझै बुझिसकेको छैन । प्रत्येक राष्ट्र यो सङ्क्रमणबाट बच्न आफू सक्षम छु वा यो सङ्क्रमणले नछुने ठानेको छ । मानौँ यो भाइरस उसको सीमासम्म पुग्ने नै छैन । घटना भइसकेपछि मात्रै हचुवामा निर्णयहरु लिइएका छन् ।

इटालीको स्वास्थ्य सेवा प्रणालीले यसमाथि कसरी विजय हासिल गर्छ ?

यो कठिन घडीबाट बाहिर निस्कनका लागि हाम्रो स्वास्थ्य सेवा प्रणालीको स्थितिबाट म धेरै चिन्तित छु । अहिले अपनाइएका सबै सामाजिक तरिका भाइरसको फैलावटलाई सुस्त गर्ने र अरूमा सर्ने कुरालाई ढिलाइ गर्ने मात्रै हो । यस्ता कार्यले स्वास्थ्य प्रणालीलाई तयारी गर्ने समय त दिन्छ तर लोमबार्डी (इटालीको सङ्क्रमण प्रभावित उत्तरी क्षेत्र) मा यो सम्भव थिएन । अरू क्षेत्रमा पनि यो सङ्क्रमणले तीव्रता लियो भने हामीले त्यसलाई रोक्न सक्ने छैनौँ कि भन्ने डर मलाई छ ।


इटालीका जनता पूर्ण रूपमा अनुशासनहीन हुँदै आएका छन् । दैनिक रूपमा बढ्दो नयाँ केसहरुका आधारमा सरकार नयाँ नयाँ काल्पनिक नक्सा कोर्ने खेल खेल्दै आएको छ । हामीले सङ्क्रमण फैलिन नदिन स्पष्ट दृष्टिकोणका साथ कहिल्यै काम गरेनौँ । दक्षिणी क्षेत्रमा सामान्य दैनिक स्वास्थ्योपचारका काम गर्न पनि हामीलाई समस्या छ । यस कसिमका महामारीलाई नियन्त्रण गर्नेबारे त कुरै नगरौँ ।


इटालीका जनता पूर्ण रूपमा अनुशासनहीन हुँदै आएका छन् । दैनिक रूपमा बढ्दो नयाँ केसहरुका आधारमा सरकार नयाँ नयाँ काल्पनिक नक्सा कोर्ने खेल खेल्दै आएको छ । हामीले सङ्क्रमण फैलिन नदिन स्पष्ट दृष्टिकोणका साथ कहिल्यै काम गरेनौँ । दक्षिणी क्षेत्रमा सामान्य दैनिक स्वास्थ्योपचारका काम गर्न पनि हामीलाई समस्या छ । यस कसिमका महामारीलाई नियन्त्रण गर्नेबारे त कुरै नगरौँ । मलाई डर लाग्छ, हामीले धेरै बढी मात्रामा मृत्युको घटना देख्नुपर्नेछ ।

तपाईं अहिलेको अवस्थालाई कसरी चित्रित गर्नुहुन्छ ?

–मार्च १ पछि इटालीका अन्य क्षेत्रमा पनि सङ्क्रमणका सङ्ख्या बढ्दै गइरहेको हामी देख्दै छौँ । यसअघि लागू गरिएका नियन्त्रणका उपायको सकारात्मक प्रभाव परेको अहिलेसम्म देखिएको छैन । हामीले सङ्कलन गरेका तथ्याङ्कका आधारमा हेर्दा दैनिक रूपमा २५ प्रतिशतका दरले सङ्क्रमणमा वृद्धि भइरहेको पाएका छौँ । अहिले यसलाई नियन्त्रण गर्न अपनाइएका उपायहरुको सकारात्मक नतिजा नआउन्जेल यो दर धेरै हदसम्म यथावत रहनेछ र अर्को ठूलो महामारी देखा नपरेसम्म यथावत रहनेछ ।


कोरोनाभाइरस चीनमा भन्दा इटालीमा बढी घातक देखिएको छ । हामीले लक्षण देखिएका बिरामीहरुमा मात्रै स्वाब टेस्ट गरेका छौँ जबकि यतिखेर लक्षण नदेखिएका केसहरु मात्रै १५ हजारभन्दा बढी हुन सक्छन् । हामीले भाइरस सङ्क्रमणको पहिचान गर्नका लागि खालि सतह मात्रै कोतरिरहेका छौँ । साथै लोमबार्डीमा दर्ज गरिएका ६.१ प्रतिशतको घातकता दरले कोरोनामाथि यहाँको स्वास्थ्य प्रणालीको नियन्त्रणमा नरहेको देखाउँछ ।


कोरोनाभाइरस चीनमा भन्दा इटालीमा बढी घातक देखिएको छ । हामीले लक्षण देखिएका बिरामीहरुमा मात्रै स्वाब टेस्ट गरेका छौँ जबकि यतिखेर लक्षण नदेखिएका केसहरु मात्रै १५ हजारभन्दा बढी हुन सक्छन् । हामीले भाइरस सङ्क्रमणको पहिचान गर्नका लागि खालि सतह मात्रै कोतरिरहेका छौँ । साथै लोमबार्डीमा दर्ज गरिएका ६.१ प्रतिशतको घातकता दरले कोरोनामाथि यहाँको स्वास्थ्य प्रणालीको नियन्त्रणमा नरहेको देखाउँछ । अहिले यहाँको स्वास्थ्य प्रणाली हलचल गर्न नसक्ने गरी शिथिल भएका कारण धेरै मानिस मरिरहेका छन् ।

के अहिले अपनाइएका नियन्त्रणका उपायहरु अप्रभावकारी भएको भन्दै हुनुहुन्छ ?

–कठोर तरिका जहिले पनि प्रभावकारी नै हुन्छन् । तर त्यो कुन मात्रामा हुनेछ भनेर अझै भन्न सक्दैनौँ । इटालीको मध्य र दक्षिणी क्षेत्रमा यो भाइरस कति फैलिएको छ भन्ने अझै हामीलाई थाहा छैन । त्यसैले अहिले अन्य देशहरुले के बुझ्न जरुरी छ भने यसको नियन्त्रणका लागि कडा उपायहरु अपनाउन जति ढिलाइ गरिन्छ त्यति नै त्यो अप्रभावकारी हुँदै जानेछ । प्रत्येक दिनको ढिलाइले धेरै सङ्क्रमित हुँदै जानेछन्, बिरामीहरुलाई आईसीयूको जरुरत पर्नेछ र उनीहरु मर्नेछन् । चीनले हामीलाई यो कुराको शिक्षा दिएको छ ।


अहिले अन्य देशहरुले के बुझ्न जरुरी छ भने यसको नियन्त्रणका लागि कडा उपायहरु अपनाउन जति ढिलाइ गरिन्छ त्यति नै त्यो अप्रभावकारी हुँदै जानेछ । प्रत्येक दिनको ढिलाइले धेरै सङ्क्रमित हुँदै जानेछन्, बिरामीहरुलाई आईसीयूको जरुरत पर्नेछ र उनीहरु मर्नेछन् । चीनले हामीलाई यो कुराको शिक्षा दिएको छ ।


यस किसिमको सङ्कट इटालीले कहिल्यै झेलेको थियो ?

–ताजा इतिहासमा इटालीले यस किसिमको महामारी कहिल्यै झलेको थिएन । २००३ को सार्स महामारीका बेलामा के भएको थियो भनेर यसको तुलना नै हुन सक्दैन । महामारीसँग जुध्ने र सामना गर्ने तयारीबारे यहाँ पुस्तान्तरणको अभाव छ । योजनाहरुको अभावले हाम्रो स्वास्थ्य प्रणालीलाई नाङ्गो बनाइदिएको छ, जुन पछिल्ला दशकहरुमा गम्भीर रूपमा आघातित र लगानीको अभावले थलिएको छ ।

अहिले अपनाइएका नियन्त्रणका उपायहरूले काम गरेन भने के गरिनुपर्छ त ?

–अरू कुनै उपाय नै अहिले उपलब्ध छैन । सबैजना अत्यन्तै आज्ञाकारी भएर घरभित्रै बस्नुपर्छ र सरकारले दिएका सबै नियम पालना गर्नुपर्छ । इटालीले अपनाएका कठोर तरिकालाई अरू देशले पनि चाँडोभन्दा चाँडो लागू गर्नुपर्छ किनभने त्यही किसिमका नियति उनीहरुको ढोकामा आउँदैछन् । कोरोनाभाइरस नियन्त्रणका कडा उपायहरु अपनाउन हामी कुर्दै जान्छौँ, मृत्यु हुनेहरुको सङ्ख्या पनि बढ्दै जानेछ ।

अलजजिरा

Title Photo: https://s.w-x.co

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप