शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नायक दम्पत्तीमा पनि कोरोना भाइरस देखियो

बिहीबार, २९ फागुन २०७६, ०८ : ३७
बिहीबार, २९ फागुन २०७६

नायक टम ह्यान्क्सले श्रीमती रिटा विल्सनसहित आफूलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएका छन् ।

अष्ट्रलियाको क्विन्सल्याण्डमा बस्ने ६३ वर्षका ह्यान्क्स र विल्सनले रोगको लक्षण देखिएपछि स्वास्थ्यकर्मीको सल्लाह लिएको जानकारी इन्स्टाग्राममार्फत् दिएका छन् ।

अब उनीहरुले आफ्नो समय छुट्टै बसेर व्यतित गर्ने जानकारी दिएका छन् ।

ह्यान्क्स एल्भिस पर्सलेको जीवनमा आधारित फिल्मको कामका लागि गोल्ड कोस्टमा थिए ।

बुधबार विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषित गरेको थियो ।

ह्यान्क्सले इन्स्टाग्राममा लेखे, ‘हामी रुघा खोकी लागेको जस्तो गरी थकित भएका थियौं । जिउ पनि दुखेको थियो, हल्का ज्वरो पनि आएको छ ।’

‘के भएको भनेर परीक्षण गराइहाल्यौं । हामीमा कोरोना भाइरसको संक्रमण देखियो,’ उनले लेखे ।

यसबारे अपडेट गराइरहने उनले जानकारी दिए ।

अष्ट्रेलियामा १ सय ३० जनामा संक्रमण देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप