शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कारका दोषी चर्चित फिल्म निर्मातालाई २३ वर्षको जेल सजाय

बिहीबार, २९ फागुन २०७६, ०७ : ५९
बिहीबार, २९ फागुन २०७६

हलिउडका विवादास्पद फिल्म निर्माता हार्वी वाइनस्टीनलाई बलात्कार र यौन उत्पीडनको मामलामा २३ वर्षको जेल सजाय सुनाईएको छ ।

वाइनस्टिनलाई गत महिना न्यूयोर्कमा दोषी ठहर गरिएको थियो ।

बुधबार ६७ वर्षीय वाइनस्टीन ह्विल चेयरमा अदालतमा पेश भए जहाँ उनका वकिलले सजायमा छुट गर्न अनुरोध गर्दै पाँच वर्षको न्यूनतम सजाय पनि उनका लागि आजिवन कारावासजस्तै हुने बताए ।

तर अभियोजन पक्षले जसरी एक लामो समयसम्म उनले महिलामाथि दुर्व्यवहार गरे र जसरी उनले यसका लागि पश्चाताप गरेको देखिएन, त्यो हेर्दा उनलाई अधिकतम सजाय दिनुपर्ने माग राखे ।

वाइनस्टीनले बुधबार पहिलो पटक अदालतमा केही बोल्दै भने, ‘मलाई गहिरो अफसोस छ तर मलगायत अन्य पुरुष मी–टू आन्दोलनका क्रममा जस्तो  प्रकारको बयान आए त्यसले उनीहरुलाई भ्रममा पारेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप