शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सेञ्चुरी बैंकद्वारा वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर संचालन

बुधबार, २८ फागुन २०७६, १९ : २१
बुधबार, २८ फागुन २०७६

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकले नवौं वार्षिकोत्सवको उपलक्ष्यमा बैंकको प्रधान कार्यलय पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान तथा सहयोग कार्यक्रम सञ्चालन गर्यो । चावहिलस्थित ओम हस्पिटल तथा ताहाचल स्थित नेपाल रेडक्रस सोसाईटी, केन्द्रिय रक्तसञ्चार सेवाको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको थियो । 

बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालित शिविरमा सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो । बालबालिकाहरु देखि लिएर वृद्धवृद्धाहरुसमेतको सहभागी उक्त शिविरमा धेरै जनाको निःशुल्क स्वास्थ्यपरीक्षण गरिएको थियो । रक्तदान कार्यक्रमा पनि ३५ जनाभन्दा बढीको सहभागी थियो । 

बैंकका संचालक समितीका अध्यक्ष राजेश कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा गरिएको वार्षिक कार्यक्रममा बैंकले श्री महेन्द्र माध्यामिक विद्यालय हेलम्बु ( ६ सिन्धुपाल्चोकलाई २ थान ल्यापटप र १ थान प्रोजेक्टर प्रदान गरेको छ । त्यसैगरी बैंकले ‘आवर चाइल्ड केयर’ अनाथाश्रमलाई खाद्य सामाग्री पनि प्रदान गरेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप