शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इन्टरनेटमा अर्बौं फोटोबिच यी फोटो रहे सबैभन्दा चर्चित, यस्तो छ कहानी

मङ्गलबार, १३ भदौ २०७४, १६ : २४
मङ्गलबार, १३ भदौ २०७४

इन्टरनेटमा हरेक दिन करोडौं तस्बिर पोष्ट र अपलोड हुन्छन् । तर तीमध्ये कुनै फोटो हुन्छन् जुन संसारभरी चर्चित हुन्छन् र लामो समयसम्म याद राखिन्छन् । यस्ता तस्बिरले करोडौंको मन छुन्छ वा कुनै विशेष मुद्दामा विचार विमर्स सुरु गराइदिन्छ । अथवा, ती फोटो यति सहज हुन्छन् कि हरेकले बुझ्ने हुन्छन्  । हामी तपाईंलाई इन्टरनेटमा चर्चित भएका यस्तै तस्बिर देखाउँदैछौं र त्योसँग जोडिएको कहानीबारे बताउँदैछौं ।

सबैभन्दा पहिले बच्चालाई स्तनपान गराइरहेकी सुपरमोडलको कहानीः

मोडल जिसेल बन्डशेनको यो तस्बिरले मानिसहरुलाई अनुभूत गरायो कि तपाईंको मद्दतका लागि मानिसहरुको फौज नै भएपनि केही कुरा तपाईं आफैंले नै नगरी हुँदैन । आफ्नो इन्स्टाग्राम पोष्टमा जिसेलले उक्त फोटोसूट अघि आफू तीन घण्टामात्र सुतेको बताएकी थिइन् ।

जिसेल ब्राजिलकी सुपरमोडल हुन् र सन् २००४ देखि लगातार संसारको सबैभन्दा कमाई गर्ने मोडलको सूचीमा आउने गर्दछिन् । ३७ वर्षीया जिसेलका दुई छोरा छन् ।

सन् २०१४ मा यी अपराधीको फोटो स्टकटोन पुलिस स्टेशन (क्यालिफोर्निया) को फेसबुक पेजमा हालिएको थियो । मानिसहरुले जेरेमी मिक्स नामक यी व्यक्तिलाई अहिलेसम्मको सबैभन्दा ह्यान्डसम अपराधी भनेको थियो । यी अपराधीले मानिसहरुको मुटु र डिभिडि प्लेयर दुबै चोर्नेसमेत इन्टरनेट कम्युनिटीले बताएको थियो ।

बराक र मिशेल ओबामाको यस्तो व्यवहार निकै रुचाइयो । प्रेमको मामलामा दुबैलाई आदर्श जोडी मानिन्छ ।

किम कार्दासियनको यो फोटोको विषयमा निकै मजाक उठाए र विभिन्न प्रकारको मेमे बनाए ।

सन् २०१२ को लण्डन ओलम्पिक्समा अमेरिकाको म्याककायला मेरोनीले जिम्नास्टिकको व्यक्तिगत स्पर्धामा रजत पदक जितेकी थिइन् जबकी टीम स्पर्धामा उनको टीम विजेता रहेको थियो । तर तस्बिरबाट यस्तो लाग्छ कि उनी आफ्नो उपलब्धिमा खुसी छैनन् ।

रसियाली जोडी मुराद उस्मान र नतालियाको यस्तो ‘फलो मी’ तस्बिर निकै चर्चित भयो ।

यो बिरालो रिसाहा देखिएको छ तर निकै मायालाग्दो छ । त्यसकारण मानिसहरुलाई यसको यस्तो व्यवहार निकै मन पर्यो । सन् २०१३ मा यो तस्बिर चर्चित हुन थाल्यो र यसले मेमे अफ द ईयर वेबली अवार्ड पायो । यो  चर्चाका कारण टार्ड नामक यो बिरालोका मालिकलाई करोडौं रुपैयाँको आम्दानी भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप