बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कार आरोपीलाई दोषी ठहर गर्दै कैद सजाय

मङ्गलबार, २७ फागुन २०७६, २१ : १७
मङ्गलबार, २७ फागुन २०७६

जिल्ला अदालत अछामले छुट्टाछुट्टै घटनाका बलात्कार आरोपीलाई दोषी ठहर गर्दै कैद सजाय र क्षतिपूर्तिको फैसला सुनाएको छ ।

    न्यायाधीश नवीनकुमार जोशीको इजलासले गत साउन महिनामा एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पञ्चदेवल  विनायक नगरपालिका–६ तोलीका ४० वर्षीय मोहनबहादुर रावललाई सात वर्ष छ महिना कैद र रु दुई लाख ५० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको जिल्ला अदालतका श्रेस्तेदार प्रेमप्रकाश थापाले जानकारी दिए । 

    नेपाली काँग्रेसका वडा सभापतिसमेत रहेका रावल राति घरमै आएर बलात्कार गरेको भन्दै पीडित महिलाले साउन महिनामै प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरी परेपछि रावललाई गत साउन १७ गते प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको थियो । महिलाका श्रीमान् भारतमा रहेको अवस्थामा उनीमाथि बलात्कार भएको जनाइएको छ । 

    यस्तै १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका साँफेबगर नगरपालिका–३ का ३९ वर्षीय हीरण्डबहादुर कुँवरलाई नौ वर्ष कैद र १० हजार क्षतिपूर्ति भराउने फैसला भएको छ । गत भदौमा बालिकालाई बलात्कार गरेको भन्दै पीडितकी आमाले किटानी जाहेरीसहित प्रहरीमा उजुरी दिएको थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप