शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

१३० स्टल, ४१ वटा ब्राण्ड : शुरु भयो नाडा अटो शोको रमझम (फोटोफिचर)

मङ्गलबार, १३ भदौ २०७४, १६ : १३
मङ्गलबार, १३ भदौ २०७४

काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल एवं ग्लोवल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसको संयुक्त आयोजनामा मंगलबारवाट राजधानीमा १२ औं नाडा अटो शो सुरु भएको छ । सवारी साधानको प्रदर्शनीका साथै नयाँ प्रविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस, लुव्रिकेन्ट्स लगायतको प्रदर्शनी सहित सवारी सम्वन्धी यो भब्य मेला सुरु भएको हो । 

सर्भोद्वारा प्रयोजित नाडा अटो शो २०१७ मा सावरी साधन तथा अटो क्षेत्रको विकासका लागि विभिन्न व्राण्डका सावारी साधन, पार्टपुर्जा तथा अन्य सेवाहरु ग्राहक समक्ष पुर्याउने तथा उपभोक्ताको कौतुहलतालाई समाधान गर्ने नाडाले जनाएको छ । यो प्रदर्शनीको मंगलबार राजधानीको भृकुटीमण्डपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बीरबहादुर बलायरले उद्घाटन गरेका हुन् । 

यो बर्षको अटो शोमा साना ठूला गरि एक सय ३० वटा स्टल रहेका छन् । यसमा ९० वटा संस्थागत सहभागिता रहेको र प्रदर्शनीमा १६ वटा व्राण्डका ४ पाङ्ग्रे, १९ व्राण्डका दुई पाङग्रे तथा ६ वटा व्राण्डका हेवी कमर्सियल सावरी साधनको स्टल रहेको छ । प्रवेश टिकट बम्पर उपहार स्वरुप आईएमई अटोमोटीभसले प्रायोजन गरेको युएम कमाण्डो २३० सीसी मोटरसाइकल समेत रहेको आयोजकले जनाएको छ । 

६ दिनसम्म चल्ने मेलामा ५० हजार अवलोकनकर्ता आउन अपेक्षा आयोजकको छ । यो मेलामा महजोडीलाई व्राण्ड एम्वेसडर वनाएको छ भने यो मेलावाट हुने आम्दानीवाट ५ लाख रुपैयाँ बाढी पिडीतको लागि राहात स्वरुप प्रदान गर्ने घोषणा नाडाले गरेको छ ।  

नाडाका अध्यक्ष अञ्जन श्रेष्ठले सवारी साधन र त्यससम्वन्धी सूचना आदन प्रदान गर्न पनि नाडा अटो शो महत्वपूर्ण रहेको बताए । हरेक बर्ष नाडाल विश्व प्रख्यात सवारी साधन, तीनका पार्टस, लुव्रिकेन्ट लगायत सवारी सम्वन्धी सम्पूर्ण वस्तुको प्रदर्शनी गर्ने गरेको श्रेष्ठले बताए । नाडालाई बिषेश बनाउन विभिन्न व्राण्डका सवारी साधनमा छुटको समेत व्यवस्था रहेको जनाइएको छ । 

दशैंको पूर्व सुरु भएको अटो मेलामा थुप्रैले आफ्नो रुची अनुसार सवारी वुकिङ गर्न सहज भएको जनाएका छन् । आफ्नो इच्छा र क्षमता अनुसार हरेक व्यक्तिले रोजेको सवारी किन्न र अग्रिम वुकिङ गर्न समेत मेलामा अवसर रहेको छ । 

तस्विरहरु : विजु महर्जन
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण ढकाल
किरण ढकाल

किरण ढकाल रातोपाटीका लागि आर्थिक क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप