शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

व्यवसायीले ७ रुपैयाँमा मास्क किनेर ५ रुपैयाँमा बेच्ने

मङ्गलबार, २७ फागुन २०७६, १५ : २८
मङ्गलबार, २७ फागुन २०७६

काठमाडौं । व्यवसायीहरुले औषधि, खाद्यान्न लगायतका सामाग्री आगामी ६ महिना सम्मलाई पुग्ने रहेको बताएका छन् । 

त्यस्तै अहिले बजारमा अत्यधिक माग रहेको मास्क अभाव हुन नदिने प्रतिवद्धता पनि जनाएका छन् । 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालयमा सरकारी टोलीसँग मंगलबार भएको छलफलमा व्यवसायीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । 

छलफलपछि नेपाल चेम्बर्स अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले बजारमा मास्क र सेनिटाइजर अभावको कुरा आएको भन्दै सेनिटाइजर र मास्क उत्पादन गरेर अभाव हुन नदिने बताएका हुन् । 

‘मास्क हामी आफै उत्पादन गरेर केही दिनभित्र बजारमा पठाउछांै । सेनिटाइजर पनि आइसकेको छ । होलीका कारण केही अवरुद्ध भएपनि अवको एक दुई दिनभित्रै पर्याप्त मात्रामा मास्क र सेनिटाइजर बजारमा पठाउछौ’, श्रेष्ठको भनाइ छ । उनले भ्याट आफैले तिरेर भएपनि बजारमा ७ रुपैयाँमा मास्क वेच्नेगरी पठाउने जानकारी दिए । उनले कति पसलहरुले आफ्नो सात रुपैयाँ परेपनि पाँच रुपैयाँमै बेच्न समेत तयार रहेको जानकारीमा आएको बताए । उनले हाल सर्जिकल मास्क दैनिक १५ हजारका दरले उत्पादन भइरहेको भन्दै उत्पादित मास्क सवै होलसेल पसल र जिल्ला जिल्लाका चेम्बर कार्यालयमा पुर्याउने र वितरण गर्ने तयारीमा रहेको जानकारी दिए । 

श्रेष्ठले एयरपोर्टमा सवै यात्रुलाई एउटा मास्क निःशुल्क वितरण गर्ने तयारी भैरहेको र एयरपोर्टमा थर्मोमिटर गन र ड्रेसको व्यवस्था गर्न लागिएको जानकारी दिए । 

सरकारले गठन गरेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले नीजि क्षेत्रका व्यवसायी चेम्बर र नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई), छलफल गरेको छ । उपप्रधानमन्त्री इश्वर पोखरेल संयोजक रहेको समितिले औषधि एवम् अन्य अत्यावश्यक वस्तुहरुको नियमित आपूर्ति व्यवस्थाका लागि सरोकारवाला पक्षसँग छलफल गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप