केन्द्रीय संस्करण

सकियो अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला

person explore access_timeफागुन २७, २०७६ chat_bubble_outline0

काठमाडौं । नेपालसहित बङ्गलादेश, बुल्गेरिया, डेनमार्क, इस्टोनिया, भारत, इजरायल, मलेसिया मेक्सिको, श्रीलंका गरी १० देशका करिव २ सय ५० बढी कलाकारको विभिन्न प्रस्तुतिसँगै दशौं संस्करणको अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला सकिएको छ ।

‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोकसंस्कृतिको आधार’ भन्ने मुल नाराका साथ गत १७ फागुनबाट काठमाडौंमा सुरु भएको महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए ।

एभरेष्ट नेपाल कल्चरल गु्रपको आयोजनामा कमलादीस्थित प्रज्ञाभवनबाट सुरु भएको महोत्सव काठमाडौंका साथै ललितपुर र पोखरमा समेत आयोजना भएको थियो ।

नेपाली लोकसांस्कृति संरक्षण तथा सम्वर्द्र्धन गर्दै अन्तर्राष्ट्रिय कलासंस्कृतिसँग नेपाली कलासंस्कृति पनि जोड्ने महोत्सवको उदेश्य रहेको आयोजक एभरेष्ट नेपाल कल्चर ग्रुपका अध्यक्ष तथा दशौं अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेलाका संयोजक रामचन्द्र कोइरालाले बताए । उनले भने ‘पर्यटन प्रवद्र्धन समेत गर्ने महोत्सवको अर्काे उद्देश्य हो ।’

नेपाललगायत सबै देशका सहभागी कलाकर्मीले आफ्नो देशको लोक सांस्कृतिक नृत्य सहित विभिन्न आधा दर्जन बढी प्रस्तुति महोत्सवमा प्रस्तुत गरेको आयोजकले जानकारी दियो ।

 


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.