शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

न्यासाको ट्रोलिङबारे बोलिन् काजोलः छोरी ट्रोल हुँदा असाध्यै दुःख लाग्छ

मङ्गलबार, २७ फागुन २०७६, ११ : ३१
मङ्गलबार, २७ फागुन २०७६

काजोल र अजय देवगनकी छोरी न्यासा देवगनलाई सोसल मिडियामा अत्यधिक ट्रोल गरिन्छ । हुन त ‘स्टार किड’ हुनुको फाइदा पनि  तर अत्यधिक निगरानीमा हुँदा कहिलेकाहिँ उनीहरुले ठूलै मूल्य पनि चुकाउनुपर्छ । १६ वर्षकी न्यासालाई सार्वजनिक स्थानमा थुप्रै पटक ट्रोल गरिएको छ । उनलाई धेरैजसो आफ्नो आउटफिट वा लुक्सका कारण ट्रोल गरिन्छ । हालै काजोलले यो मुद्दामा आफ्नो धारणा राखेकी छिन् ।

न्यासा ट्रोल हुँदा दुःख लाग्छः काजोल

पिंकविलासँगको कुराकानीमा काजोलले यसलाई अत्यधिक भयावह बताएकी छिन् । उनले भनेकी छिन्, ‘मलाई लाग्छ कि एक अभिभावकको रुपमा यदि तपाईंको बच्चालाई सानो चोट लाग्छ भने पनि तपाईंलाई अत्यधिक चिन्ता हुन्छ किनभने तपाईं आफ्नो सन्तानलाई हरेक समस्याबाट बचाउन चाहनुहुन्छ । यस्तो अवस्थामा जब उनलाई ट्रोल गरिन्छ तब एक अभिभावकको रुपमा त्यसलाई तपाईंले नै अत्यधिक महसुस गर्नुहुनेछ । धन्य, न्यासालाई नराम्रोसँग ट्रोल गरिँदा उनी यहाँ थिइनन् । के भइरहेको थियो, उनलाई खासै थाहा भएन । तर सोसल मिडिया त आखिर सोसल मिडिया नै हो, यस्तो हरेक स्थानमा हुन्छ, अन्तर्राष्ट्रियस्तरमा पनि ।’

काजोलले थपिन्, ‘यस्तोमा यो आवश्यक छ कि तपाईंले आफ्ना सन्तानलाई समाजका एउटा सानो हिस्सालाई बेवास्ता गर्नुपर्छ भनेर सिकाउनुपर्छ । तपाईंले बुझाउनुपर्छ कि तपाईंले आफ्नो बारे के सोच्नुहुन्छ, त्यो महत्वपूर्ण हो । तर यो खुसीको कुरा हो कि मैले उसलाई केही सिकाउनै पर्दैन । उनी निकै तीक्ष्ण छिन् । म आशा गर्छु कि म उदाहरण दिएर उसलाई आत्मसम्मान आफैंबाट सुरु हुन्छ भनेर सिकाउन सक्नेछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप