पोखराको सुनसान सडकमा विदेशीको होली
सोमबार, २६ फागुन २०७६, १६ : ४०
पोखरा । विश्वभर महामारीको रुपमा फैलिइरहेको नोवेल कोरोना भाइरसको कारण त्रासमा छन् पोखरेली । सँधैजसो विदेशी पर्यटकको ओहोरदोहोरले व्यस्त रहने लेकसाइड आजाभोली सुनसान छ । सोमबार अर्थात फागुन शुक्ल अष्टमीको दिन फागुपर्व (होली) । फागु पर्वलाई रंगहरुको पर्व पनि भनिन्छ । रंगहरुको पर्वमा पनि लेकसाइड बेरंगिन बनेको छ । विगतका वर्षहरुमा रंग दल्दै शुभेच्छा साट्दै होली मनाउँदै आएका पोखरेलीहरु यो होलीमा भने त्यति खुलेर रंगिएनन् ।
एकाध बाहेक कसैले पनि रंगिन चाहेनन् । तर, फरक संस्कृति र भिन्न परिवेशका विदेशी पर्यटकले भने मज्जैले होली मनाएका छन् । सुनसान सडकमा निस्केर उनीहरुले होली मनाए । बाटोमा हिँड्ने कोही रंगीन चाहनेलाई पनि उनीहरुले रंगाई दिए । पोखरेलीहरु रंगीन नचाहे पनि विदेशीहरु भने मज्जैले रंगिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा