शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अञ्जलीको होली अवतार (फोटोफिचर)

सोमबार, २६ फागुन २०७६, १५ : ०१
सोमबार, २६ फागुन २०७६

काठमाडौं । पछिल्लो समय कलाक्षेत्रमा थुप्रै युवायुवती भित्रिएका छन् । ति मध्यकी एक हुन् अञ्जली चित्रकार । २०१८ देखि मोडलिङमा होमिएकी अन्जलीसँग क्रिमसम फेसन शो, टाइटल विनर, फेसन आइडिललगायत करिब आधा दर्जन फेसन शोको अनुभव पछि छ ।

‘मिस केलज २०१८’बाट मोडलिङमा प्रवेश गरेकी अञ्जलीको मोडलिङ रुचिको विषय हो । त्यसैले पनि उनले अहिले अध्यायन र मोडलिङसँगसँगै अगाडि बढाई रहेकी छन् । अध्यायन भने उनी स्नातक दोस्रोमा अध्यायनरत छिन् ।

म्युजिक भिडियो अभिनय रुचि भएपनि अहिलेसम्म अवसर नपाएकी अन्जलीको रुचिका विषय मोडलिङ, डान्सिङ र एङ्करिङ पनि हो । चर्चित मोडल बनेर देश विदेशमा चिनिने लक्ष्य भएकी अञ्जलीको होली एकदमै मनपर्ने चाड पनि हो ।

हरेक वर्ष विषेश तरिकाले होली सेलिब्रेसन गर्दै आएकी अञ्जली कोरनाको त्रासका कारण यो वर्ष होली नखेल्ने बताउँछिन् । तर उनले होलीको तस्विर सुट गरेकी छन् ।

तस्बिर : सुनिल राज भण्डारी

    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप