शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘रोनाल्डिन्होलाई आफ्नो राहदानी नक्कली भन्ने थाहै थिएन’

सोमबार, २६ फागुन २०७६, १३ : १२
सोमबार, २६ फागुन २०७६

आसुनसिओन । ब्राजिलका विश्वप्रसिद्ध फुटबल खेलाडी रोनाल्डिन्होले जानाजान नक्कली राहदानी (पासपोर्ट) नबोकेको उनका ब्राजिली वकील सर्जिओ क्वीरोजले दाबी गरेका छन् । क्वीरोजले रोनाल्डिन्होलाई तत्काल रिहा गर्न पाराग्वेका सरकारी अधिकारीहरु समक्ष आग्रह पनि गरेका छ । पाराग्वेमा पक्राउ परेका रोनाल्डिन्हो र उनका भाई रोबर्टोले नक्कली कागजात पेश गरेको पाराग्वेका अधिकारीहरुले बताएका छन् ।

उनीहरु दुबै जना यही मामिलामा विगत तीन दिनदेखि पाराग्वेको राजधानी आसुनसिओनको जेलमा थुनिएका छन् ।  वकील क्वीरोजले भने, ‘रोनाल्डिन्होले कुनै अपराध गर्नु भएको छैन किनभने उहाँलाई दिइएको पासपोर्ट नक्कली हो भन्ने उहाँलाई पनि थाहा थिएन ।’

पाराग्वेका अधिकारीहरुले जेलमा रोनाल्डिन्होको व्यवहार निकै राम्रो भएको र न्यायाधीशले पनि उनीप्रति सहानुभूति देखाउने सम्भावना रहेको बताएका छन् । रोनाल्डिन्हो र उनका भाइ रोबर्टो ब्राजिलबाट गत बुधबार पाराग्वे आइपुगेका थिए । विमानस्थलमा सामान्य जाँच गरेर होटल पुगेका रोनाल्डिन्हो र उनका भाइको कोठामा केही घण्टापछि प्रहरीले छापा मारेको थिए । –एएफपी/Photo: BBC

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप