शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भोजपुरी फिल्म ‘रण’मा नरेन

सोमबार, २६ फागुन २०७६, १२ : ५३
सोमबार, २६ फागुन २०७६

काठमाडौं । अभिनेता नरेन खड्का भेजपुरी फिल्ममा पनि देखिने भएका छन् । फिल्म ‘रण’मार्फत उनी भोजपुरी फिल्ममा देखिन लागेका हुन् । 

द्वन्द्व निर्देशक चन्द्र पन्तको निर्देशन रहने ‘रण’को फष्टलुक पोस्टर सार्वजनिक भएको छ । पोष्टरमा आनन्द ओझा समेत देखिएका छन् । फिल्ममा नरेन र आनन्दको मुख्य भूमिका रहनेछ ।

‘रण’मा आफू नेगेटिभ भूमिकामा देखिन लागेको नरेनले बताए । भूमिका पावरफूल भएकोले रण मार्फत भोजपुरी फिल्म डेब्यू गर्नले उनले सुनाए ।

अभिनेत्री रेखा थापा अभिनित फिल्म ‘हमेशा’बाट नेपाली फिल्म अभिनयमा डेब्यू गरेका नरेनले ‘मन्दिरा’, ‘परदेशी’ लगायतका फिल्ममा काम गरेका छन् । म्युजिक भिडियो भने उनका धेरै छन् ।

‘रण’को छायाँकन भारतको लखनउ, नेपालको लुम्बिनी र काठमाडौंमा हुनेछ । फिल्ममा आनन्द र नरेनसँगै काजल राघवानी, मनोज टाइगर, देव सिंह, सीपी भट्ट, अयाज खानलगायतका कलाकारको अभिनय रहनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप