एनआरएनएको १३ औं युरोप क्षेत्रीय बैठक आयरल्याण्डमा
सोमबार, २६ फागुन २०७६, १२ : ४३
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १३ औं युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलन आगामी अगष्ट महिनामा आयरल्याण्डमा हुने भएको छ ।
सम्मेलन अगष्ट ८ र ९ तारिखमा आयोजना गरिएको संघका युरोप उपसंयोजक कृष्ण तिमल्सिनाले जानकारी दिए । डुब्लीन सहरमा हुने बैठकमा युरोपस्थित २८ देशका प्रतिनिधीहरु सहभागी हुने तिमल्सिनाको भनाइ छ ।
बैठक व्यवस्थापनको जिम्मा लिएको राष्ट्र गैरआवासीय नेपाली संघ आयरल्याण्डका अध्यक्ष मिलन छन्त्यालका अनुसार सो बैठकको तयारी शुरु भैसकेको छ । छन्त्यालले बैठकको तयारी बारेपछि विस्तृत विवरण सार्वजनिक गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी