शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पेटको बोसो सजिलै घटाउने ११ उपाय

सोमबार, २६ फागुन २०७६, १२ : २५
सोमबार, २६ फागुन २०७६

पेटमा जमेको बोसो कम गर्नु सबैभन्दा मुश्किल काम हो । कम्मरको वरिपरि जमेको बोसो मुटुसँग सम्बन्धित रोग, पिठ्युँको दुखाइजस्ता समस्याको कारण बन्न सक्छ । कतिपय मानिसहरु पेटमा जमेको बोसो कम गर्न बोसो कम गर्ने औषधिहरुको प्रयोग गर्ने गर्छन । तर बजारमा पाइने त्यस्ता औषधिहरुले नोक्सान पुर्याउँने विज्ञहरु बताउँछन् । त्यसैले, सकेसम्म पेटमा जम्मा भएको बोसो कम गर्न केहि घरेलु उपायहरु अपनाउन सकिन्छ । 

फाइबरयुक्त खानेकुरा  
फाइबर भएको खानेकुरा जस्तै फलफूल, हरिया सागपात, ड्राई फ्रुट्स, मेवा, घिउकुमारी । यस्ता खानेकुरामा भारी मात्रामा फाइबर हुन्छ । फाइबरले शरीरमा भएको पानीलाई जेलमा परिणत गरिदिन्छ । जसले लामोसमयसम्म पेट भरिन्छ । पेट भरिएको आभास भएपछि अनावश्यक खानेकुरा खान मन लाग्दैन । एउटा अनुसन्धानका अनुसार १८ देखि २५ वर्ष उमेरका युवाहरुले प्रतिदिन १० ग्राम फाइबर खानुपर्छ । यसले आगामी ५ वर्षमा ३.७ प्रतिशत कम हुन्छ । 

प्याकिङ गरिएको खानेकुरा
बेकरीमा पाइने प्याकिङ गरिएका खानेकुरा खाँदा मुटुसँग सम्बन्धित रोग लाग्न सक्छ । शरीरमा इन्सुलिनको मात्रा नबन्ने र तल्लो पेटमा बोसो जम्मा हुन थाल्छ । यो खानेकुराले सबैभन्दा बढी शरीरमा बोसो जम्मा गराउँने भएकाले सबैभन्दा पहिले यस्ता खानेकुरा खान कम गर्नुपर्छ ।

मादकपदार्थ
मादकपदार्थ ज्यादा मात्रामा पिउने बानीले कलेजो बिग्रने सम्भावना बढी हुन्छ । त्यतिमात्र होइन मादकपदार्थले पेटमा बोसो पनि उत्तिकै बढाउँछ । एउटा अनुसन्धानका अनुसार हप्तामा २ वा ३ पटक एक गिलास बियर पिउँदा पेटमा बोसो कम हुँदै जान्छ ।

प्रोटीन 
पेटमा भएको बोसो कम गर्न प्रोटिन सेवन गर्नु आवश्यक छ । फाइबर जस्तै प्रोटिनले पनि लामो समयसम्म पेट भरिएको आभाष गराउँछ । यसको लागि मासु, माछा, अण्डा, दुधबाट बनेका खाद्यपदार्थ, हरियो सागपात आदि खानेगर्नुपर्छ ।

तनाव
विज्ञका अनुसार मोटोपनाको एउटा कारण तनाव पनि हो । मानिसहरु तनावका कारण आफ्नो डाइटमा ध्यान दिँदैनन् । भने कोहि आवश्यकताभन्दा बढी खाने गर्छन् । यसको असर मोटोपना बढ्न थाल्छ । त्यसको लागि ७ देखि ८ घण्टा सुत्ने गर्नुपर्छ । 

गुलियो खानेकुरा 
पेटको बोसो कम गर्न गुलियो खानेकुरा खान छोड्नुपर्छ । चकलेट, पेयपदार्थ, जेली, चिया र दूधमा धेरै चिनी खान बन्द गर्नुपर्छ । दिनमा २ चम्चाभन्दा बढी चिनीको प्रयोग गर्नुहुँदैन । 

एरोबिक्स
तौल कम गर्नको लागि सैर योग र डाइटिङ बाहेक एरोबिक्स पनि उत्तिकै आवश्यक छ । एरोबिक्सले पेटको बोसो कम गराउँछ । 

काब्रोहाइड्रेट
काब्रोहाइड्रेटयुक्त खानेकुराले पेटको बोसो कम गर्न मद्दत गर्छ । हरेक दिन ५० ग्रामभन्दा बढी काब्रोहाइड्रेटयुक्त खानेकुरा खानुहुँदैन । यो भन्दा बढी मात्रामा काब्रोहाइड्रेट युक्त खाना खाँदा मधुमेह, पाठेघरमा समस्या आउँछ । काब्रोहाइड्रेटको मात्रा मिलाएर खाने हो भने १७ प्रतिशत पेटको बोसो कम हुन्छ ।

तेल
शरीरमा बोसोको मात्रा कम गर्न खानेकुरा पकाउँदा प्रयोग हुने तेल परिवर्तन गर्नुपर्छ । अनुसन्धानका अनुसार नरिवलको तेलले पेटको बोसो कम गर्न मद्दत गर्छ । शरीरमा चिनीको मात्रा कम गर्नको लागि नरिवलको तेल फाइदाजनक हुन्छ । एउटा अनुसन्धानका अनुसार नरिवलको तेलमा बनेको खानाले तपाईंको पेट १.१ इन्चसम्म कम गर्छ । 

माछा
कुखुराको मासु, खसीबोकाको मासु र अन्य मासुभन्दा माछा खानु निकै फाइदाजनक हुन्छ । यसले शरीरको तौल कम गर्नुका साथै तपाईको शरीरमा अन्य फाइदा पनि गर्छ ।

प्याकिङ जुस
बजारमा पाइने प्याकिङ गरिएको जुसले बोसो बढाउँछ । यसको सेवन कम गर्नुपर्छ । 

ब्रत
हप्तामा एक दिन ब्रत बस्नुपर्छ । यसले शरीरमा पैदा हुने क्यान्सर सेललाई पनि मार्छ । ब्रत बस्दा बोसो कम हुँदै जान्छ । 

ग्रीन–टी
ग्रीन–टी पिउँदा मेटाबोलिज्म बलियो हुन्छ । जसले प्राकृतिक रुपमै शरीरको तौल कम गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप