शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सैफकी छोरी सारालाई इन्स्टाग्राममा किन फलो गरिरहेकी छैनन् करिना ?

सोमबार, २६ फागुन २०७६, ११ : ४७
सोमबार, २६ फागुन २०७६

करिना कपुर खानले लामो समयपछि इन्स्टाग्राममा डेब्यू गरेकी छिन् । करिनाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सुरुमा एउटा ब्रान्डको फोटो पोष्ट गरेकी थिइन् । त्यसपछि उनले प्रशंसकको मागमा छोरा तैमुर र श्रीमान् सैफ अली खानको फोटो सेयर गरेकी छिन् ।

 महिला दिवसको अवसरमा पनि करिना कपुरले आफ्नी आमा बबिताको फोटो सेयर गरेकी छिन् । सोसल मिडिया पेजमा प्रशंसकले स्टार्सलाई फलो गर्छन् । करिनालाई १४ लाख प्रशंसकले फलो गरिरहेका छन् र उनले पनि १६ जनालाई फलो गरेकी छिन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Boss. Mother. 𝐖𝐨𝐦𝐚𝐧. Legend. 08.03.2020

A post shared by Kareena Kapoor Khan (@kareenakapoorkhan) on

कहाँ छिन् सारा ?

करिनाले दिदी करिश्मा कपुर, सोहा अली खान, सोनम कपुर, मलाइका अरोडासहित केही व्यक्तिलाई फलो गरेका छन् । उनले अमृता र सैफका छोरा इब्राहिम खानलाई पनि फलो गरेकी छिन् तर छोरी सारालाई भने अहिलेसम्म फलो गरेको देखिँदैन ।

करिना कपुर र सारा अली खानबीच निकै राम्रो दोस्ती देखिन्छ । यस्तोमा उनले सारालाई फलो नगर्नु अलि अचम्मै लाग्दो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप