शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सडकमा होली खेल्नेभन्दा ट्राफिक प्रहरी 'धेरै' !

चोकदेखि गल्लीसम्म प्रहरीको उपस्थिति
सोमबार, २६ फागुन २०७६, ११ : १३
सोमबार, २६ फागुन २०७६

होली पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका साथ महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा ‘होली विशेष सुरक्षा योजना’ लागू गरेको छ । होलीलाई लक्षित गरी सोमबार उपत्यकामा ट्राफिक व्यवस्थापनलाई चुस्त बनाइएको छ ।

सुरक्षा योजनाअनुसार राजधानीको अधिकांश चोक, गल्ली तथा सडकमा सुरक्षा जाँच कडा पारिएको छ ।  कोरोनाभाइरसको त्रासबीच यसपटक होली खेल्नेको सङ्ख्यामा कमी देखिएको छ । जिल्ला प्रशासन कार्यालयले समेत भीडभाड भएको स्थानमा नजान र सामुहिक होली नखेल्न आग्रह गरेको छ । 

होलीका दिन मादक पदार्थ सेवन गरी जथाभावी सवारी चलाउने, मोटरसाइकलमा ३ जना राखेर तिव्र गतिमा चलाउने, जिकज्याक वा लापरवाहीका साथ सवारी चलाउने, हेल्मेट नलगाई मोसा तथा स्कुटर चलाउने र ठूलो आवाज निकालेर सवारी साधन चलाउनेलाई कारवाही गर्न विशेष जाँचको ब्यवस्था मिलाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले जानकारी दिएका छन् ।

त्यस्तै, काठमाडौँ उपत्यकाका विभिन्न चोकहरूमा ‘सवारी तीव्र गतिमा नहाकौँ र मापसे गरी सवारी नचलाऔँ’ भन्ने लेखिएका प्लेकार्ड बोकेका ट्राफिक प्रहरी समेत परिचालन भएका छन् ।

महाशाखाका प्रमुख ढकालले उपत्यकाका ७६ स्थानमा चेकिङ प्वाइन्ट र १४ वटा मोबाइल भ्यानहरूले गस्ती तथा मोवाईल चेकिङ्ग गरिने समेत जानकारी दिए ।नियमित बाहेक थप ट्राफिक प्रहरीहरू तथा मोटरसाइकलमासमेत ट्राफिक प्रहरीहरू गरी जम्मा ५६६ जना ट्राफिक प्रहरी परिचालन गरिएका छन् ।

हेलमेट नलगाई दुईपाङ्ग्रे सवारी नचलाउन, ओभरलोड वा मोटरसाइकलमा दुई जनाभन्दा बढी मानिस राखेर यात्रा नगर्न, ठूलो हर्न नबजाउन, ठूलो आवाज निकालेर सवारी नचलाउन, जिकज्याक गरी नचलाउन, मोटरसाइकललाई मोडिफाई गरी सवारी साधन नचलाउनको लागि महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।

तस्विर : कृष्ण खड्का

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप