केन्द्रीय संस्करण
प्रेरक

गान्धीलाई महाकवि टैगोरको अचम्मको भिक्षा

person explore access_timeफागुन २४, २०७६ chat_bubble_outline0

कुरा सन् १९३९ को हो । रवीन्द्रनाथ ठाकुर विमार थिए । डाक्टरले उनलाई आराम लिने सल्लाह दिएका थिए । तर महाकवि ठाकुरले त्यसलाई पालना गरिरहेका थिएनन् । उनी  आफ्ना कामहरु काम हरेक दिन स्वस्थ हुँदाखेरिजस्तै नियमानुसार गर्दै जान्थे । त्यो देखेर ठाकुरका नाताकुटुम्बका मानिसहरु चिन्तित बने ।

महाकवि र महात्मा गान्धीबीच राम्रो सम्बन्ध थियो । महात्माले भनेका कुराहरु महाकविले हत्तपत्त मान्न इन्कार गर्दैन थिए ।  त्यसैले शान्ति निकेतनका केही व्यक्तिहरुले महात्मा गान्धीलाई सबै कुराको जानकारी दिँदै तार–सन्देश पठाई बोलाए ।

खबर पाएपछि गान्धीजी आइपुगे । महाकवि ठाकुरलाई भेट्ने बित्तिकै उनले भने, “गुरुदेव, मलाई एक भिक्षा दिनुहोस् ।”

“जो स्वयं मगन्ते हो उसले के भिक्षा देला ?” गुरुदेवले पनि विनम्रतापूर्वक गान्धीलाई जवाफ दिए ।

तर गान्धीजी न ठहरे, उनले हार मानेनन्, आफ्नो मागमा अडिइरहेछ । आखिरमा उनले गुरुदेवबाट वचन लिई नै छाडे र त्यसपछि भने, “खाना खाइसकेपछि हरेक दिन तपाईंले एक घण्टासम्म पूरा आराम लिनु पर्दछ । त्यही नै मेरो लागि भिक्षा हुनेछ ।”

महाकविले आफ्नो शर्तअनुसार गान्धीको कुरा मान्नै पर्‍यो ।

केही दिनपछि आचार्य क्षितिजमोहन सेन खानाको समयपछि गुरुदेवलाई भेट्न आए । त्यतिखेर महाकवि  सबै झ्यालढोका बन्द गरी भित्र कोठामा पल्टिरहेका थिए । ढोकाको चिरा परेको ठाउँबाट आइरहेको प्रकाशमा हुने हलचलबाट नै रवीन्द्रनाथ आगन्तुकलाई चिन्न सक्दथे । उनले सोधे, “ठाकुर दाइ हो ?”

“हो, तर तपाईं यसरी सबै झ्यालढोकाहरु नै थुनेर यहाँभित्र के गरिरहनु भएको छ ?” आचार्यले अचम्म मान्दै सोधे ।

“म गान्धीजीलाई भिक्षा दिइरहेको छु !” –गुरुदेवको सजिलो उत्तर थियो ।

सन्दर्भ स्रोत : महान् हस्तियाँके हास्य–विनोद

Title Photo:https://images.news18.com

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...