शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दुईभन्दा बढी सिलिन्डर लिनेको रेकर्ड राखिने

शनिबार, २४ फागुन २०७६, ०७ : १८
शनिबार, २४ फागुन २०७६

काठमाडौं । कोरोना भाइरस प्रकोपको बहानामा व्यवसायीले कृत्रिम अभाव सिर्जना गर्दै दैनिक उपभोग्य वस्तुको भाउ बढाउन थालेपछि सरकाले नियन्त्रण प्रयास थालेको जनाएको छ । दैनिक उपभोग्य वस्तुको बजारभाउ नियन्त्रणका लागि आक्रामक रूपमा प्रस्तुत भएको सरकारले अब एउटा परिवारका लागि बढीमा दुईवटा बढी ग्याँस सिलिन्डर घरमा राख्नसमेत नदिने भएको छ । जसका लागि दुईभन्दा बढी सिलिन्डर लिनेहरूको रेकर्ड राख्न थालिएको छ ।

शुक्रबारदेखि हरेक ग्याँस विक्रेता र डिलरमा पुगेर दुईभन्दा बढी सिलिन्डर लिने उपभोक्ताहरूको रेकर्ड राख्न थालिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । कोरोना भाइरस प्रभावकै कारण पछि नपाइने हल्लासँगै अहिले राजधानीलगायत मुलुकभरका विभिन्न सहरमा खाना पकाउने एलपी ग्याँस, दाल, चामल, चिनी, नुनलगायत वस्तुको अभाव छ ।राजधानी दैनिकमा खबर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप