बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लोभबाट बचौंः ठूल्ठूला माछा पनि सानो मासुको टुक्राको लालचमा ज्यान गुमाउँछन्

शुक्रबार, २३ फागुन २०७६, १२ : ५४
शुक्रबार, २३ फागुन २०७६

गरुड पुराण प्रमुख १८ पुराणमध्येको एक हो । यो पुराणमा सुखी जीवन कसरी बाँच्न सकिन्छ र यसमा मृत्युसँग जोडिएको रहस्यबारे पनि बताइएको छ । यो पुराणको आचारकाण्डमा नीतिसार नामको एउटा अध्याय छ । यसमा नीतिबारे जानकारी दिइएको छ । नीतिसारमा पाँच यस्ता कुरा बताइएको छ जसमा घर परिवार र समाजमा सम्मान किन पाइँदैन भनेर बताइएको छ ।

पहिलो कुराः

यदि कोही व्यक्तिले सन्तानको लालनपालनमा ध्यान दिँदैनन् भने सन्तान बिग्रने गर्छन् । सन्तान संस्कारी छैन र गलत काम गर्छ भने आमा–बुवा अपमानित हुनुपर्छ । सन्तानले राम्रो संस्कार पाउने कुरामा अभिभावकले सुनिश्चितता गर्नुपर्छ ।

दोस्रो कुराः

लोभलाई नराम्रो बानी भनिएको छ । ठूल्ठूला माछा पनि सानो मासुको टुक्राको लोभमा फसेर आफ्नो ज्यान गुमाउँछन् । यसै गरी मानिसहरुले पनि धनको लोभमा फस्दा विभिन्न समस्याको सामना गर्नुपर्ने हुन्छ ।

तेस्रो कुराः

जो व्यक्ति आफ्नो आम्दानीभन्दा बढी खर्च गर्छन्, अत्यधिक दान दिन्छन्, उनीहरुले विभिन्न प्रकारको समस्याको सामना गर्नुपर्ने हुन्छ ।

चौथो कुराः

नराम्रो संगतबाट बच्नुहोस् । राम्रो र नराम्रो संगतको असर हाम्रो जीवनमा पर्छ । यदि हाम्रो संगत गलत व्यक्तिसँग छ भने परिणाम असाध्यै खराब हुनसक्छ । खराब संगतबाट बच्नुपर्छ ।

पाँचौं कुराः

जो व्यक्ति आफ्नो स्वार्थ पूरा गर्नका लागि अरुलाई क्षती पुर्‍याउँछन्, उनीहरुले कहिल्यै सुख पाउँदैनन् ।

सुखी र सफल जीवन चाहन्छौं भने हामीले यी पाँच कुरालाई ध्यानमा राख्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप