शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरस : संक्रमण हुने बित्तिकै मृत्यु हुने होइन !

यसरी बचौँ कोरानाभाइरसको संक्रमणबाट
शुक्रबार, २३ फागुन २०७६, ११ : ३०
शुक्रबार, २३ फागुन २०७६

चीनको हुवेइ प्रान्तबाट सुरु भएको कोरोना (कोभिड–१९) को त्रास आजभोलि विश्वभर फैलिएको छ । जनमानसमा कारोनाभाइरसको संक्रमण भयो भने मरिहाल्छ भन्ने त्रास  रहेको छ । तर, कोरोनाभाइरसको संक्रमण हुँदैमा मानिसको मृत्यु भैइनहाल्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बास्तोला बताउँछन् । ‘कोरोनाभाइरसको संक्रमण हुँदैमा सबै जनाको मृत्यु हुँदैन,’ उनले भने, ‘यो भ्रम मात्र हो ।’

हालसम्मका विभिन्न राष्ट्रमा फैलिएको कोरोनाभाइरस संक्रमणको आधारमा वैज्ञानिकहरुले सामान्य रुघाखोकी लागेका ८० देखि ८२  प्रतिशत मानिस अस्पताल भर्ना नभइ आफै निको भएका छन् ।  कोरोनाभाइरस संक्रमण भएकामध्ये ३ प्रतिशतको हाराहारमा मात्र निमोनिया, फोक्सो पानी जम्ने शरीरका विभिन्न अंगहरुले काम नगर्ने भइ मृत्यु भएको पाइएको छ ।

कोरोना (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुने प्रायः ६० वर्षभन्दा माथि उमेर समूहका छन् । यस्तै संक्रमणको कारण मृत्यु हुने व्यक्तिहरु दीर्घरोगी छन् । दीर्घरोगी मध्ये पनि मुटु, कलेजो, चिनी, फोक्सो, क्यान्सर रोग लागेका बढी बिरामीको   मृत्यु भएको पाइएको डाक्टर बास्तोलाले बताए ।

 कोरोनाभाइरसको संक्रमण भएका १ सय जना व्यक्ति मध्ये २ वा ३ जनाको  मृत्यु हुने गरेको उनी बताउँछन् ।

कोरोनाभाइरसविरुद्धको खोप या औषधि पत्ता नलागेको अवस्थामा संक्रमण हुन नदिन तथा संक्रमण भएकाहरुले सावधानी अपनाउनुपर्ने डा. बास्तोलाको सुझाव छ ।

यसरी अपनाउनुपर्छ  सावधानी

— अनावश्यकरुपमा आँखा, नाक, मुखमा हातले छुन हुँदैन । नाक, मुख, आँखामा हातलाने, कोट्याउने बानी भएका व्यक्तिहरु सचेत हुन जरुरी छ ।

— नियमितरुपमा हात धुनुपर्छ । साबुनपानी प्रयोग गर्न नसकेको अवस्थामा ह्याण्डस्यानिटाइजर र स्प्रिट–कपास पनि प्रयोग गर्नपर्छ ।

— साबुनपानीले २० सेकेण्डभन्दा बाढी हात मिचेर धुनुपर्छ ।

— रुघाखोकी लागेको व्यक्तिहरुले माक्स अनिर्वाय लगाउनुपर्छ । खोक्दा, हाच्छ्यिूँ गर्दा रुमालले मुख तथा नाक छोप्नुपर्छ ।

— रुघाखोकी लागेको व्यक्तिहरु अनिर्वाय रुपमा अस्पताल जाँचका लागि जानुपर्छ ।

—  शरीरमा प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई जुनसुकै रोगले आक्रमण गर्न सक्छ । त्यसैले स्वस्थ्य खानेकुरा खानुसाथै सरसफाइमा ध्यान दिन जरुरी हुन्छ ।

— भीडभाड तथा सङ्ख्यात्मकरु धेरै मान्छे जाने समारोहमा जान हुँदैन । भीडभाडमा गहिहाले पनि मास्क, पञ्जाको प्रयोग गर्नुसाथै पटक—पटक ह्याण्ड स्यानिटाइजर तथा साबुनपानीले हात धुने बानी बसाल्नुपर्छ ।

— साथी तथा आफन्तसँग भेटघाट गर्दा सिधै हात मिलाउने, अङ्माल गर्ने बानी भए तत्काल छाड्नुपर्छ । त्यस्तो गर्नुको सट्टामा टाढैबाट नमस्कार गर्दा राम्रो हुन्छ ।

— समाचार पढ्दा, सुन्दा, हेर्दा विश्वासिलो पत्रपत्रिका, रेडियो, अनलाइन, टिभीको भर पर्नुपर्छ । त्यसो गरेमा मानसिक रुपमा दवाब पर्दैन ।

— काठमाडौँका चोक र गल्लीमा राखे पकाएका राखिएका अस्वस्थ खानेकुरा खान हुँदैन ।

— दीर्घरोगी, वृद्धावृद्ध र अन्य रोगीले सामान्य मानिसले बन्दाबढी  सरसफाइ र खानपानमा ध्यान दिन जरुरी छ । 

— यदी कोरोना भाइरसको संक्रमणको रुप तीव्र भएमा नियमित रुपमा खाने औषधि, अत्यावश्यक वस्तुको जोहो समेत गुर्नपर्छ ।

कोरोना संक्रमण रोक्नको लागि मास्कभन्दा पनि बाम्बार साबुनपानीले हात धोएर सफाइ भइरहेको खण्डमा कोरोना (कोभिड–१९) ले संक्रमण नहुने डाक्टर बास्तोला बताउँछन् । नेपालमा हालसम्म एक जनालाई मात्र कोरोनाभाइरसको संक्रमण देखिएको छ । अन्यमा कोरोनाभाइरसको संक्रमण  भएको भेटिएको छैन ।

यदि कोरोनाको भाइरस देखापरे आत्तिहाल्नुपर्दैन । बास्तोलाका अनुसार प्रत्येक वर्ष विश्वमा फ्लूका कारण ४ लाख ५०,००० व्यक्तिहरुको मृत्यु हुने गरेको छ । हाल नेपाल लगायत धेरै राष्ट्रहरुमा मौसम परिर्वतन हुने समय भएकाले रुघा, खोकी र ज्वरोका बिरामीको सङ्ख्या बढ्ने समय हो । चिकित्सकको सल्लाहबिना अत्तालिन हुँदैन ।

कोरोना (कोभिड–१९) विरुद्धको औषधि पत्ता नलागेको डाक्टर बास्तोला बताउँछन् । तर कोरोना (कोभिड–१९) को संक्रकण भएका बिरामीमा देखापर्ने लक्षणका औषधि भएकाले त्यसको प्रयोग सकिन्छ ।

अहिले सिजनल फ्लूको लक्षणहरु जस्तै ज्वारो आएको खण्डमा पारासिटामोल खाने, श्वासप्रश्वासमा समस्या भए अक्सिजन लगाउने  तथा औषधिको खाने, रुघाखोकी ज्वारो आएको खण्डमा आराम गर्नुका साथै मनतातो झोल भएको खानेकुरा खाने पर्छ । यदि निको भएन भने अस्पताल जानुपर्छ ।

मनोवैज्ञानिक स्वास्थ्य तथा शारीरिकरुपमा स्वास्थ्य रहेको खण्डमा कुनै पनि रोगको संक्रमण हुन सक्दैन । संक्रमण भएपनि आत्तिहाल्नुपर्नुपर्दैन । औसतमा १ जना व्यक्तिले ३ देखि ६ जनालाई यो भाइरस सार्ने देखिएको छ ।

नसर्ने तथा सर्ने गम्भीर प्रकृतिका रोग लागेका बिरामीहरुले आत्मबल तथा आत्मविश्वासका रोगलाई जित्ने धेरै छन् । कोरोना (कोभिड–१९) को संक्रमण भएको खण्डमा बलियो आत्मबलले रोकथामको लागि ठूलो सहयोग गर्न सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप