शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बलिउडका यी नायकले भने, ‘शाहरुख र सलमान खानले मलाई माया गर्दैनन्, किनभने म...’

शुक्रबार, २३ फागुन २०७६, ०९ : ००
शुक्रबार, २३ फागुन २०७६

बलिउडका दुई ठूला सुपरस्टार शाहरुख खान र सलमान खानलाई सधैं हमला गरिरहने बलिउड नायक तथा निर्माता कमाल आर खानले पुनः एउटा ट्वीट गरेका छन् जुन चर्चामा आएको छ ।

उनले आफ्नो ट्वीटमा एकपटक पुनः शाहरुख र सलमान खानमाथि निशाना साँधेका छन् । यसअघि पनि उनले थुप्रै पटक यी कलाकारमाथि तथानाम बयानबाजी दिँदै आएका छन् ।  अब कमाल आर खानको यो ट्वीटमा प्रयोगकर्ताहरुको प्रतिक्रिया पनि आउन थालेको छ ।

 कमाल खानले आफ्नो ट्वीटमा लेखेका छन्, ‘बलिउडमा सबैले मलाई माया गर्छन् शाहरुख खान र सलमान खानबाहेक । किनभने उनीहरु चाहन्छन् कि म उनीहरुको सबै खराब फिल्मलाई पनि पूर्ण अंक दिऊँ र म पनि खान हुँ र उनीहरु पनि खान हुन् । र म यो भन्छु कि खान, कुमार, सिंह सबै मेरा लागि बराबर हुन् । त्यसकारण म नक्कली रिभ्यु दिएर आफ्ना फलोअर्सलाई धोका दिन सक्दिनँ ।’

उनको यस्तो ट्वीट पछि सलमान, शाहरुखका प्रशंसकले कमालको अत्यधिक आलोचना गरेका छन् ।

मिलन नामका प्रयोगकर्ताले लेखेका छन्, ‘अजय सरले निकै अघि प्रमाणित गरिसक्नुभएको थियो कि तिमी कति इमान्दार छौ ।’

यस्तै आयुष जैनले लेखेका छन्, ‘सलमान खान र शाहरुख खानका फिल्मलाई तपाईंको रिभ्युको आवश्यकता नै छैन । उहाँहरुको नाम नै काफी छ । र सबैभन्दा प्रमुख कुरा के हो भने उहाँहरुले दुईजनाले तपाईंलाई चिन्नु नै हुन्नँ किनभने उहाँहरुसँग यसका लागि समय नै छैन । अरु कलाकार फाल्तु हुन सक्लान् तर उहाँहरु होइनन् किनभने एक किङ्ग खान हुन् भने अर्का सुल्तान हुन् । यो ट्याग उहाँहरुले यत्तिका पाउनुभएको होइन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप