मिस वर्ल्ड टोनीले भनिन्, ‘नमस्ते नेपाल, तपाईंको न्यानो स्वागतका लागि धन्यवाद’
शुक्रबार, २३ फागुन २०७६, ०८ : ३७
मिस वर्ल्ड –२०१९ बिजेता टोनी–एन–सिंह नेपालमा छिन् । उनी बिहिबार मध्यान्ह त्रिभुवन विमानस्थलमा उत्रिएकी हुन् । संस्कृति, पर्यटन र उड्डयन मन्त्रालयको निमन्त्रणमा नेपाल आएकी सिंहसँग मिस वर्ल्ड आयोजकका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लससमेत नेपाल आएका छन् ।
टोनीले मिस वर्ल्डको आधिकारिक इन्स्टाग्राममार्फत् सबै नेपालीलाई न्यानो स्वागतका लागि धन्यवाद दिएकी छिन् । उनले सुन्तला रङको ढाकाको साडी लगाएको तस्बिर पोष्ट गर्दै लेखेकी छिन्, ‘नमस्ते नेपाल, तपाईंको न्यानो स्वागतको लागि धन्यवाद ।’
तीन दिनको भ्रमणमा आएको मिस वर्ल्ड अर्गनाइजेसनको टोली ७ मार्चमा फर्किने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र