मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

२०७७ साउन ३० मा ‘पानी फोटो’

बिहीबार, २२ फागुन २०७६, १२ : ३७
बिहीबार, २२ फागुन २०७६

काठमाडौं । अभिनेता खगेन्द्र लामिछानेको निर्देशनमा डेब्यू फिल्म ‘पानीफोटो’ आगामी २०७७ साउनमा प्रदर्शनमा आउने भएको छ । 

निर्माण युनिटले फिल्म साउन ३० गते प्रदर्शनमा ल्याउन लागिएको जानकारी दियो ।

टुकी आर्ट्स प्रा.लि र मञ्जुश्री फिल्म प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको फिल्म ‘पानीफोटो’का लेखन पनि खगेन्द्रले नै गरेका हुन् ।

दशक अगाडिको चर्चित नाटक ‘पानीफोटो’ माथि निर्माण भएको फिल्म पुस्तकमा समेत आइसकेको छ । काठमाडौं, चितवन, स्याङ्जा र रोल्पामा छायाँकन भएको फिल्म रोजिना सिटौला र रवीन्द्र बज्राचार्यले निर्माण गरेका हुन् ।

फिल्ममा खगेन्द्रसँगै अनुप बराल, मेनुका प्रधान, मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि गुरुङ, अजस्र ढुङ्गाना, कमलमणि नेपाल, श्यामकुमार खड्का, कमल देवकोटा, अनोज पाण्डेलगायतका कलाकारको अभिनय छ । 

१५ वर्ष अगाडि बेपत्ता भएको छोराको पखाईमा बसेका बुबाआमाको कथा निर्माण भएको फिल्म आफुले उत्कृष्ट बनाउन कुनै कसुर नछोडेको निर्देशक खगेन्द्रले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप