केन्द्रीय संस्करण
सुखानी सहादत स्मृति दिवस

मैनबत्ती, जसले आफैंलाई जलाएर अरुलाई मार्ग प्रदीप्त गर्‍यो !

person explore access_timeफागुन २२, २०७६ chat_bubble_outline0
मूर्तिकारः लक्ष्मण भुजेल, गंगाधर सारु

 

उनीहरु 'नेता' बन्ने ध्याउन्नले संगठित भएका थिएनन् न यो उनीहरुको उपार्जनको मेलोमेसो नै थियो । उनीहरु त सामाजिक मिशनमा थिए । उनीहरु ठान्थे, उनीहरु बाँचिरहेको समाज अन्यायपूर्ण छ, जसलाई तानाशाही राज्यले भरथेग गरेको छ, त्यसको शीर्षमा निरंकुश राजतन्त्र छ । अन्यायपूर्ण यस कारणले थियो कि समाजको प्रचण्ड बहुमत हिस्सा शक्तिको सोपानमा फगत करिया हुन अभिशप्त थियो- मुलुकको राजनीति, अर्थतन्त्र र संस्कृति नागरिक समाजको होइन सत्ताधारीको हित र मर्जी अनुसार चल्नु पर्थ्यो । त्यसले यस प्रणालीलाई 'अजेय' किल्ला बनाउन राज्यको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई राजाको कमाण्डमा एकीकृत त गर्यो नै, भिन्न राजनीतिलाई वर्जित गर्न 'निर्दलीय पंचायती व्यवस्था' पनि थोपरिदियो । त्यसो त यसको सुरुवात नै जन निर्वाचित सरकारलाई अपदस्थ गरी सबका सबलाई खोर, बाख्री खोर गर्दै र बालबाल बँचेकाहरु 'डाँडो काट्न' विवश पारेर सुरु गरिएको थियो । भित्र आफै कम्जोर थियो त्यो र 'शीत युद्ध'का शक्तिसंग चलखेल गर्दथ्यो ।

उनीहरुले ठाने यसलाई नबदली सवल, समुन्नत र स्वतन्त्र राष्ट्र निर्माण गर्न सकिँदैन । बदल्नु भनेको टालटुल गर्नु होइन । त्यसैले उनीहरुले क्रान्तिको शंखनाद गरे - त्यो पनि माथिबाट होइन तलैबाट हस्तक्षेप गरेर । त्यसको निम्ति 'स्थानीय सत्ता' कब्जा गर्ने रणनीति अख्तियार गरे, भूमिहीन गरिब किसानलाई भर गरे र स्थानीय 'वर्ग शत्रु सफाया'को  अभियान सञ्चालन गरे । नक्सलबाडी आन्दोलनको 'बसन्तको मेघ गर्जन' र चिनियाँ 'सांस्कृतिक क्रान्ति'का प्रभाव पनि थिए उनीहरुमा । त्यसको ठीकै कोणबाट आलोचना पनि नभएको होइन । पछि गएर आन्दोलन भित्रैबाट सच्याइयो पनि । तथापि उनीहरुको निष्ठा र इमानमा उनीहरुको राजनीति, सिद्धान्त र दर्शनमा विमति राख्नेहरुले पनि शंका गरेनन् बरु उल्टै उनीहरुको स्पिरिटको मुग्ध प्रशंसा गरे ।


उनीहरुले अख्तियार गरेको सामाजिक मुक्तिको तागत गद्दीमा होइन, सम्भ्रान्तहरुसंगको हातेमालो या मुलाहिजाबाट होइन शोषण र उत्पीडनमा परेका निमुखा जनको घर दैलोमा गएर जागृत, संगठित र आन्दोलित गर्नमा थियो । उनीहरुमा जे थियो त्यसमा 'म' 'मलाई' मेरो गुट' 'मेरो मान्छे' थिएन । जे थियो 'मिशनका हामी' थियो र त्यो हामी हरेक 'नेता' 'कार्यकर्ता'को स्वत्व र अस्मिताको रक्षा गर्थ्यो । न तलका कारिन्दा थिए न त माथिका बाबु साहेब ।


 उनीहरुले जे गरे सामुहिक र संस्थागत निर्णय लिएर गरे । सामाजिक मिशनले उनीहरुलाई यति निर्भिक र समर्पित बनायो कि उनीहरुलाई बन्दी बन्दा दिइएको पाशविक यातना त के कुरो गोलीका पर्रा छातीमा छुट्दा पनि क्रान्तिको रणघोष गर्न कत्ति हिचकिचाएनन् । उनीहरुले अख्तियार गरेको सामाजिक मुक्तिको तागत गद्दीमा होइन, सम्भ्रान्तहरुसंगको हातेमालो या मुलाहिजाबाट होइन शोषण र उत्पीडनमा परेका निमुखा जनको घर दैलोमा गएर जागृत, संगठित र आन्दोलित गर्नमा थियो । उनीहरुमा जे थियो त्यसमा 'म' 'मलाई' मेरो गुट' 'मेरो मान्छे' थिएन । जे थियो 'मिशनका हामी' थियो र त्यो हामी हरेक 'नेता' 'कार्यकर्ता'को स्वत्व र अस्मिताको रक्षा गर्थ्यो । न तलका कारिन्दा थिए न त माथिका बाबु साहेब । सरल थिए फारुतिनो थिए । उनीहरुको यो समर्पण र तरिका परिवर्तन र प्रगतिको मुखापेक्षी युवा तथा विद्यार्थीहरुको ठुलो प्रेरणा बन्यो । नेपाली राजनीतिमा उनीहरुले सुरु गरेको त्यस अभियानलाई 'झापा विद्रोह' भनेर चिनिन्छ ।


सामाजिक विभाजन र असन्तुलित विकासले हामीलाई विकास र समृद्धिमा यसरी लाग्न भनिरहेको छ ताकि त्यो 'राजनीति, नोकरशाही तथा व्यवसायिक पुँजीको माखेसाङ्ग्लो'बाट बाहिर निस्केर सिमान्त वर्गको पहुँचसम्म पुगोस् । हामी अन्तर्राष्ट्रिय समुदाय बीच आफ्नै बुँतामा सिधा खडा हुन सकौं, सबैसंग मित्रता बनाइराखौं तर आफ्नो अस्मिता र स्वतन्त्रताको मूल्यमा होइन । हाम्रा यी अभिष्टसंग मेल खाने नव जागरण हाम्रो सांस्कृतिक अभियान बनोस् । त्यसको निम्ति गतिलाई तीव्र बनाउने हो भने उत्तिकै निष्ठा, ईमान र स्पिरिट चाहिन्छ नै । अझ, मिशन बिर्सेकाहरु र सहिदहरुले बनाएको गुढमा कोरल्लिएका 'कोइली'बाट आन्दोलन र सामाजिक मिशनलाई जोगाउनु पनि उत्तिकै जरुरी छ ।


आजकै दिन, २०२९ साल फाल्गुन २१ गते त्यस विद्रोहका अग्रणी नेता - नेत्र घिमिरे, रामनाथ दाहाल,  वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई  झापाको सुखानीमा लगेर तत्कालीन राज्यले निर्ममतापूर्वक हत्या गर्‍यो । उनीहरुकै सहादतको बलले गर्दा पनि तत्कालीन माले, एमाले र अन्ततः आजको नेकपा बनेको हो । आज मुलुकमा संघीय  लोकतान्त्रिक गणतन्त्र स्थापित छ । यसमा पनि उनीहरुको योगदान अविस्मरणीय छ । उनीहरुको सपनाको सवल, समुन्नत र स्वतन्त्र राष्ट्र बनाउनको निम्ति आजको संघीय लोकतान्त्रिक गणतन्त्रले आधार दिएको छ । त्यसो त प्रणाली आफैमा पर्याप्त न हुने रहेछ । हाम्रो सामाजिक भौगोलिक यथार्थमा प्रणालीसंग संगति राख्ने  संरचनात्मक सुधारको अभिभारा हाम्रो काँधमा छ । सामाजिक विभाजन र असन्तुलित विकासले हामीलाई विकास र समृद्धिमा यसरी लाग्न भनिरहेको छ ताकि त्यो 'राजनीति, नोकरशाही तथा व्यवसायिक पुँजीको माखेसाङ्ग्लो'बाट बाहिर निस्केर सिमान्त वर्गको पहुँचसम्म पुगोस् । हामी अन्तर्राष्ट्रिय समुदाय बीच आफ्नै बुँतामा सिधा खडा हुन सकौं, सबैसंग मित्रता बनाइराखौं तर आफ्नो अस्मिता र स्वतन्त्रताको मूल्यमा होइन । हाम्रा यी अभिष्टसंग मेल खाने नव जागरण हाम्रो सांस्कृतिक अभियान बनोस् । त्यसको निम्ति गतिलाई तीव्र बनाउने हो भने उत्तिकै निष्ठा, ईमान र स्पिरिट चाहिन्छ नै । अझ, मिशन बिर्सेकाहरु र सहिदहरुले बनाएको गुढमा कोरल्लिएका 'कोइली'बाट आन्दोलन र सामाजिक मिशनलाई जोगाउनु पनि उत्तिकै जरुरी छ । जसले आफ्नो जीवन आहुति गरे हामी बाँचेकाहरुले कम्तिमा पनि उनीहरुलाई सम्झेर आ-आफ़्नो ठाउँबाट सकेको योगदान गर्न सकौं ! हाम्रा जिम्मेवारी बाँकी छन् :

'आरु ढकमक्क फुलेको बेला
एक दिन रानी चरी डाली डाली नाचेको बेला 
तिमीले कर गर्यौ,"आज यतै बस न : 
किनकि तिम्रो घोडा लखतरान भा'को  छ ।"  
मैले भने, "म जानै पर्छ 
किनकि मेरा रेशम किरा भोकै छन् ।'

(चु ये, चीनकी छिन बंश(२६५-४२०)की कवियत्री ।)

अमर सहिदहरु ! श्रद्धा सुमन ! लाख लाख वन्दना !!

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...