शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मास्कमा कालोबजारी गर्नेलाई २ लाख रुपैयाँ जरिवाना

बुधबार, २१ फागुन २०७६, २२ : ३२
बुधबार, २१ फागुन २०७६

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै देशमा त्रास उत्पन्न भइरहेको बेला मास्कमा कालोबजारी गर्ने कारबाहीमा परेका छन् । अहिले बचारमा कोरोना भाइरसबाट बच्नका लागि मास्कको माग अत्यधिक छ । 

यही मौकामा मास्कमा कालोबजारी गर्नेलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको हो । 

विभागले क्षेत्रपाटीस्थित नेपाल केयर सर्जिकल सप्लायर्सले बढी मूल्यमा मास्क बेचेको पाइएपछि  २ लाख रुपैयाँ जरिवाना गराएको छ।  

क्षेत्रपाटीकै सचिन ट्रेड कन्सर्नलाई  समेत १० हजार त्रिपुरेश्वरमा रहेका खनाल सर्जिकल सप्लायर्स, अर्चना सर्जिकल र फिस टेल सर्जिकल हाउसलाई ५–५ हजार जरिवाना गराइएको छ । सचिन ट्रेडले बिल देखाउन नसक्दा जरिवाना गरिएको हो भने अन्यले बढी मूल्यमा सर्जिकल आइटम बेचेको पाइएपछि जरिवाना गरिएको हो । 

विभागले मास्क लुकाउने र बढी मूल्यमा नबेच्न अनुरोध गर्दै यदि त्यस्तो गरिएको पाइए कारबाही र जरिवाना दुवै गर्ने चेतावनी दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप