युवतीमाथि यौनहिंसाको आरोपमा पूर्वडीएसपी पक्राउ
बुधबार, २१ फागुन २०७६, १९ : २४
काठमाडौं । एक युवतीमाथि यौन हिंसाको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाल प्रहरीका पूर्वडीएसपी राजकुमार खिउजु रहेका छन् ।
उनलाई भक्तपुरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।
अभियुक्त खिउजुले महानगरीय प्रहरी बृत्त चापागाउँको प्रमुख हुँदा एक युवतीलाई जागिरको प्रलोभन दिँदै यौन हिंसा गरेको बताइएको छ ।
उनीविरुद्ध युवतीले प्रहरीमा उजुरी दिएपछि उनी जागिरबाटै राजीनामा दिएर फरार भएका थिए ।
प्रहरीका अनुसार माघ २३ मा अदालतबाट पक्राउ पुर्जी जारी भएकोमा खिउजु बुधबार पक्राउ परेका हुन् । उनीमाथि थप अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
-
लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण
-
कहिलेदेखि जित्न थाल्छ बैंगलुरु ?
-
अर्जेन्टिनामा ६० वर्षीय महिला बनिन् मिस ब्युनस आयर्स
-
बिहारमा जेडीयू नेताको गोली हानी हत्या, के भन्छ प्रहरी ?