शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिबाट सपथ लिएपछि डा खतिवडाले फेरि अर्थ मन्त्रालयको पदभार सम्हाले

बुधबार, २१ फागुन २०७६, १७ : ३३
बुधबार, २१ फागुन २०७६

काठमाडौं । पुन: अर्थमन्त्रीमा नियुक्त भएका डा. युवराज खतिवडाले पदभार सम्हालेका छन् । 

बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएलगत्तै डा खतिवडाले सिंहदरबारमा पुगेर पद तथा गोपनियताको सपथ लिएका हुन् । 

उनलाई अर्थमन्त्रालयका अधिकारीहरुले स्वागत गरेका थिए । 

सरकारले राष्ट्रियसभा सदस्यको रुपमा उनको कार्यकाल सकिएपनि उनलाई  पुनः अर्थमन्त्री बनाएको हो । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रियसभा सदस्य नभएपनि ६ महिनासम्म मन्त्री बन्न पाइने प्रावधान छ । 

खतिवडाले राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएपछि मंगलबार पदबाट राजीनामा दिएका थिए । यसैबीच खतिवडालाई सूचना तथा सञ्चार मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप