बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिटिजन्स बैंकद्वारा विद्यालयलाई दश थान कम्प्युटर प्रदान

बुधबार, २१ फागुन २०७६, १४ : ०१
बुधबार, २१ फागुन २०७६

पाल्पा– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पाल्पा जिल्लाको रैनादेवी छहरा—४ स्थित श्री भैरव नवदीप माध्यमिक विद्यालयलाई दश थान कम्प्युटर प्रदान गरेको छ । 

बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमका बीच उक्त कम्प्युटरहरु हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

निमुखा, गरीब र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुलाई आजको बदलिँदो प्रतिस्पर्धात्मक प्राविधिक शिक्षण सिकाई गर्नका लागि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग प्रदान गरेको जनाएको छ । 

सूचना प्रविधिमा आएको आमुल परिवर्तन र भुमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउँदै गर्दा सूचना प्रविधिको विकाशक्रम संग यस पुस्तालाई साक्षातकार गराउन यो कदम फलदायी हुने कुरा विद्यालय प्रशासनले जनाएको छ । 

यस किसिमको सहयोगले विद्यालयमा अध्ययन गर्दै आएका बालबालिकाहरुको प्राविधिक सिकाई थप प्रभावकारी हुने विश्वास बैंकले लिएको छ । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप