शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकद्वारा विद्यालयलाई ३ लाख रूपैयाँ सहयोग

बुधबार, २१ फागुन २०७६, १३ : ४८
बुधबार, २१ फागुन २०७६

सिन्धुली– एन आई सी एशिया बैंकले सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं १ स्थित श्री देविस्थान माध्यमिक विद्यालयलाई फर्निचर सामग्री खरिद गर्नका लागि ३ लाख रूपैयाँ नगद सहयोग गरेको छ । 

मंगलबार बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले विद्यालयका प्रधानाध्यापक नारायण नेपाललाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् । बैंकको सहयोगले विद्यालयमा अध्ययनरत ४ सय ७६ विद्यार्थीहरू लाभान्वित हुनेछन् । 

उक्त सहयोगले विद्यालयको डेक्स, बेन्च लगायत आवश्यक शैक्षिक पूर्वाधारमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

चेक हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कौशल कोइराला र बैंक व्यवस्थापनका सदस्यहरूको पनि उपस्थिति थियो । बैंकले यसअघि पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप