शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डोल्पामा भाइरलका कारण विद्यालय बन्द

मङ्गलबार, २० फागुन २०७६, २२ : ०१
मङ्गलबार, २० फागुन २०७६

त्रिपुरासुन्दरी नगरपालिका–१ करेलीकाँडामा मौसमी फ्लुको आशङ्का गरिएको अज्ञात रोगका कारण विद्यालयनै बन्द गरिएको छ ।    एक सातादेखि गाउँमा फैलिरहेको भाइरलका कारण विद्यालयमा अध्ययनरत बालबालिकामा टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्नेजस्तो समस्या देखिएपछि गाउँमा रहेको लेखनाथ आधारभूत विद्यालय बन्द गरिएको हो । विद्यालयले एक सूचनाजारी गर्दै विद्यालय बन्द भएको जानकारी गराएको हो ।  

    भाइरलपूर्णरुपमा नियन्त्रणमा नआउञ्जेलसम्म अनिश्चितकालीनरुपमा विद्यालय बन्द गरिएको प्रधानाध्यापक नवराज बुढाले जानकारी दिए । गाउँमा पचासदेखि ६०सम्म भाइरलका कारण बिरामी भएर थला परेको बताइएको छ । सोमबार गाउँमै पुगेको स्वास्थकर्मीको टोलीले ४० को उपचार गरिरहेको वरिष्ठ अहेव शेरबहादुर कठायतले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप