शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जनताको स्वास्थ्य जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री ढकाल

मङ्गलबार, २० फागुन २०७६, २१ : ५६
मङ्गलबार, २० फागुन २०७६

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनताको स्वास्थ्यको जिम्मा सरकारले लिने बताएका छन् ।
 कैलालीको गौरीगङ्गा नगरपालिका–२ चौमालामा आजबाट नगरपालिकाको आयोजनामा शुरु भएको स्वास्थ्य महोत्सवको उद्घाटन समारोहमा मन्त्री ढकालले सरकार जनताको स्वास्थ्यका विषयमा निकै गम्भीर भएको बताए । 

मन्त्री ढकालले औषधि खरिद प्रक्रियामा देखिएको अनियमितता रोक्न आफूले पहल गरेको बताए । उनले औषधि खरिद तिन तह मध्ये जुनसुकै सरकारले गरे पनि मूल्यमा फरक नपर्ने गरी खरिद हुने प्रक्रियाको थालनी गरेको बताए ।  

    मन्त्री ढकालले सरकारी अस्पतालको सेवा सुविधाका विषयमा केही समयसम्म व्यापक गुनासो आउने गरेको भए पनि अहिले गुनासोमा कमी आएको बताए । तर अझै पनि कतिपय सरकारी अस्पतालका चिकित्सकले बिरामीलाई औषधि सिफारिस गर्दा निजी क्लिनिकमा मात्र पाइने औषधि सिफारिस गर्ने गरेको सुन्नमा आएकोले त्यस्तो गर्ने चिकित्सकलाई सरकारले कारवाही गर्ने बताए । 

    मन्त्री ढकालले कोरोना  भाइरसवाट आजका दिनसम्म नेपाल मुक्त रहेको तर सावधानी अपनाएर बस्नुपर्ने बताए । 
    स्वास्थ्य महोत्सव २४ गतेसम्म चल्नेछ । महोत्सवमा स्थानीयले निःशुल्क विशेषज्ञ सेवा प्राप्त गर्ने गौरीगङ्गा नगरपालिकाका प्रमुख भीमबहादुर देउवाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप