केन्द्रीय संस्करण

‘प्रेम गीत ३’ ट्रेलर : प्रदीप, शिव, सुनिल डरलाग्दो गेटअप

person explore access_timeफागुन २०, २०७६ chat_bubble_outline0

काठमाडौं । फिल्म ‘प्रेम गीत ३’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मका केही मुख्य अंश समेटेर फिल्मको ट्रेलर आएको छ ।

ट्रेलरमा अभिनेता प्रदीप खड्का, शिव श्रेष्ठ, सुनिल थापा लगायतका कलाकार फरक अवतारमा देखिएका छन् । ट्रेलरमा भब्य गेटअफमा देखिएका कलाकारको भेषभुसा डरलाग्दो र दर्शक लोभ्याउने खालको रहेको छ ।

फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ ।

आसुशेन फिल्मस् प्रोडक्सनको प्रस्तुति रहेको फिल्म चैत्र २८ गते रिलिज हुदैछ । सन्तोष सेन निर्माता रहेको फिल्म निर्माता सेन र  छेतेन गुरुङले मिलेर निर्देशन गरेका हुन् ।

कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको फिल्ममा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह, भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।

करिब दुईसय बर्ष अगाडिको प्रेमकथामा निर्माण भएको फिल्म आफुले बनाएको फिल्म मध्य अहिलेसम्मकै महँगो फिल्म भएको निर्माता निर्देशक सेनले बताए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.