शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थमन्त्री खतिवडाको राजीनामा राष्ट्रपतिबाट स्वीकृत

मङ्गलबार, २० फागुन २०७६, १७ : १०
मङ्गलबार, २० फागुन २०७६

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले दिएको राजीनामा स्वीकृत भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडाको राजीनामा स्वीकृत गरेसँगै उनले सम्हाल्दै आएका अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हाने गरी तोकेकी छन् ।

राष्ट्रपति कार्यलयका प्रवक्ता हरि दाहालका अनुसार खतिवडाले सम्हाल्दै आएको कार्यभार राजिनामा पछि संविधानको धारा ७७ को उपधार २ अनुसार प्रधानमनत्री ओलीले सम्हाल्ने गरी तोकिएको हो ।  

खतिवडाको राष्ट्रिय सभा सदस्य पद आजैबाट सकिने भएपछि उनले मंगलबार दिउँसो राष्ट्रपतिसमक्ष राजीनामा दिएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप