शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सहजै स्वीकारिँदैन महिला वैज्ञानिकका खोज–अनुसन्धान

मङ्गलबार, २० फागुन २०७६, १३ : ३५
मङ्गलबार, २० फागुन २०७६

विश्वभर महिला वैज्ञानिकको सङ्ख्या पुरुषको तुलनामा न्यून छ । नेपाल लगायत विश्वभर महिला वैज्ञानिकको संख्या १३ प्रतिशतभन्दा कम छ । बाल्यकालदेखि गणित र विज्ञान विषयमा रुची राख्ने छात्रालाई परिवार तथा विद्यालयमा निरुत्साहित पार्ने महिला वैज्ञानिकहरु बताउँछन् ।

‘छात्राहरुले गणित तथा विज्ञान विषय अध्ययन गर्न सक्छन र ?’ भन्ने समाजमा भ्रम फैलाइएको अनुसन्धाता दोभान राईको भनाइ छ ।  उनी कक्षा १२ सम्म पुग्नुभन्दा अगाडि नै वैज्ञानिक बन्ने अभिलासा लिएर अगाडि बढेकी थिइन् । जब उनी स्नातक तह अध्ययन गर्न थालिन्, त्यसक्रममा छात्राहरुलाई शिक्षक र छात्रको व्यवहारले निरुत्साहित बनाएको उनले अनुभव साझा गरिन् । आफूमा अध्ययन गर्न सक्ने आत्मविश्वास हुँदाहुँदै पनि चार वर्षसम्म कलेज अध्ययन गर्ने क्रममा बाहिरी वातावरणले मनमा निरासा पैंदां भएको राईले सुनाइन् । ‘मेहनत गरेर पढेर अरुभन्दा उत्कृष्ट नम्बर ल्यायौँ,’ राई भन्छिन्, ‘कक्षाभरिमा सबैभन्दा बढी अंङ्क ल्याउँदा स्याब्यासी पाउनुको साटो शिक्षकले नै उल्टै केटीहरुले त घोकेर नम्बर ल्याउँछन् भन्नुहुन्थ्यो ।’

छात्राहरु मेहनती हुन्छन्, त्यसमा स्कुल, कजेल र परिवारले हौसला दिएको खण्डमा उनीहरुले गणित र विज्ञान जस्ता विषय अध्ययन गर्न सक्ने राई बताउँछिन् ।


वैज्ञानिक सुनी जोशी विद्यालय तहदेखि छात्रा विद्यार्थी गणित र  विज्ञान विषयमा कमजोर हुन्छन् भन्ने आम मानिसमा रहेको धारणा गलत भएको बताउँछिन् । गणित र विज्ञान विषय अप्ठयारो भनेर इङ्गित गरिएजस्तो हाउगुजीको नभएको उनी बताउँछिन् ।


नेपालमा मात्र होइन, विदेशमा अध्ययन गर्ने क्रममा पनि विषय छनोट गर्दा प्राध्यापकले गणित विषय नपढ भनेर निरुत्साहित बनाउन खोजेको समेत उनले आफ्नो अनुभव सुनाइन् । ‘प्रोफेसरले ‘सक्दिनौँ’ भनेर नपढ भनेको गणित विषयमा नै सबैभन्दा उत्कृष्ट अंक ल्याएँ । त्यसपछि तिमीले त यो विषय अध्ययन गर्न सक्छौ जस्तो लागेको थिएन भनेर प्राध्यापकले भन्नुभयो,’ राई भन्छिन्, ‘के आधारमा यो विषय पढ्न सक्दिन भनेर सोच्नुभयो भनेर प्रश्न गर्दा प्राध्यापकले ‘तिमी देख्दा सोझी छौ, इनोसेन्ट छौ, तिम्रो बोलीचाली हेर्दा गाह्रो विषय अध्ययन गर्न सक्दिनौ कि जस्तो लागेको थियो’ भन्ने जवाफ दिनुभयो ।’

पुरुषको जस्तो हाउभाउ, शरीरिक बनावट अनि देखावटी टाठोबाठो भएको खण्डमा मात्रै महिलाले विज्ञान र गणित विषय अध्ययन गर्न सक्छन् भन्ने सोचाइ युरोपेली राष्ट्रमासमेत भएको उनको भनाइ छ । आत्मनिर्भरतासँगै समाजसेवाका लागि योग्दान गर्ने अठोटसहित अगाडि सरेपनि समाजमा आत्मविश्वास र हौसला दिने न्यून संख्यामा मानिस भएको आफ्नो भोगाइले सिकाएको उनी बताउँछिन् ।

यता, वैज्ञानिक सुनी जोशी विद्यालय तहदेखि छात्रा विद्यार्थी गणित र  विज्ञान विषयमा कमजोर हुन्छन् भन्ने आम मानिसमा रहेको धारणा गलत भएको बताउँछिन् । गणित र विज्ञान विषय अप्ठयारो भनेर इङ्गित गरिएजस्तो हाउगुजीको नभएको उनी बताउँछिन् । नेपाली समाजमा छात्राहरुले गणित र विज्ञान पनि अन्य विषय सरह सहजरुपमा विद्यार्थीले पनि अध्ययन गर्न सक्छन् भन्ने आमधारणा सृजना गर्र्न जरुरी भएको जोशीको भनाइ छ ।

यस्तै अर्की वैज्ञानिक हेमु खरेल काफ्लेले महिलाहरुलाई अध्ययन तथा जुन कुनै विषयमा अनुसन्धान गर्ने क्रममा प्रोत्साहन कम र निरुत्साहन बढी भएको गुनासो गर्छिन् । विदेशमा अध्ययन गर्दा छोरीको स्याहार–सम्भारसँगै गर्नु परे पनि रुची र मिहिनेतका कारण अध्ययन आफूले पुरा गर्न सकेको खरेलको भनाइ छ ।


महिलाले गरेको खोज र अनुसन्धानलाई सरकारका उच्च तहमा बसेर काम गर्ने सम्बन्धित निकायका व्यक्तिहरुले सहजरुपमा नस्वीकार्ने गरेका पनि खरेलले गुनासो गरिन् । ‘अध्ययन तथा अनुसन्धान गरेर राज्यका सम्बन्धीत निकायलाई बुझाउँन खोज्दा वेवास्ता गर्छन्’ उनी भन्छिन्, ‘महिलाले खोज तथा अनुसन्धान गरेको विषयलाई उच्च तहका कर्मचारी तथा मन्त्रीसम्मले वेवास्ता गर्छन् ।’ त्यहीँ खोजलाई विदेशमा सेमिनार गोष्ठीमा प्रस्तुत गर्दा प्रशंसा र सुझाव पाएको उनले बताइन् ।


विज्ञान क्षेत्रमा महिलाको भूमीका

विज्ञान तथा प्रविधि क्षेत्र अध्ययन तथा अनुसन्धान पाटो भएकाले महिला वैज्ञानिक झन् गहन रुपमा लाग्न सक्ने महिला वैज्ञानिक हेमु खरेल बताउँछिन् । ‘अनुसन्धान गर्ने क्रममा अपवादमा बाहेक प्रायः महिला गहन रुपमा लाग्छन्,’ हेमु भन्छिन्, ‘संख्यात्मक रुपमा विज्ञान प्रविधिको क्षेत्रमा महिलाको संख्या बढी भएको खण्डमा गहन रुपमा अध्ययन र अनुसन्धान जुनकुनै विषयमा गर्न सक्छन् ।’

तर, वैज्ञानिक महिलाले पुरुष वैज्ञानिकको तुलनामा ल्याबमा धेरै समय बिताउन नपाउने पनि उनी बताउँछिन् । ल्याबमा पुरुषले जति समयमा बिताउन नसकेको कारण पुरुषसरह सँगसँगै विज्ञानको क्षेत्रमा हिँड्न समस्या भएको उनीले बताइन् ।

त्यस्तै, महिलाले गरेको खोज र अनुसन्धानलाई सरकारका उच्च तहमा बसेर काम गर्ने सम्बन्धित निकायका व्यक्तिहरुले सहजरुपमा नस्वीकार्ने गरेका पनि खरेलले गुनासो गरिन् । ‘अध्ययन तथा अनुसन्धान गरेर राज्यका सम्बन्धीत निकायलाई बुझाउँन खोज्दा वेवास्ता गर्छन्’ उनी भन्छिन्, ‘महिलाले खोज तथा अनुसन्धान गरेको विषयलाई उच्च तहका कर्मचारी तथा मन्त्रीसम्मले वेवास्ता गर्छन् ।’ त्यहीँ खोजलाई विदेशमा सेमिनार गोष्ठीमा प्रस्तुत गर्दा प्रशंसा र सुझाव पाएको उनले बताइन् ।

महिलाको नेतृत्व क्षमता र काम गर्ने शैली प्राकृतिक रुपमा भिन्न हुने हुँदा विज्ञान र प्रविधि क्षेत्रमा ठूलो भूमिका खेल्न सक्ने दोभान राई बताउँछिन् । अध्ययन र खोजको विषय महिला पुरुषले गरेको भनेर छुटाउन नहुने उनको भनाइ छ । ‘अध्ययन, कार्य र प्रतिफल उही भएपछि किन महिला रिसर्चरलाई प्रोत्साहान नगर्ने ?,’ उनी प्रश्न गर्छिन् ।

विज्ञान र प्रविधीको क्षेत्रमा अनुसन्धान गर्ने क्रममा नेतृत्वसँगै सबैलाई समेटेर खोजलाई अगाडि बढाउन सक्ने क्षमता महिला वैज्ञानिकमा पनि हुने राई बताउँछिन् ।  कुनै विषयमा अध्ययन तथा अनुसन्धान गर्नेक्रममा म मात्रै गर्न सक्छु भन्ने मनोभाव महिलामा नहुने उनको भनाइ छ । ‘महिलाको प्रतिद्वन्द्वी यो तहमा पुगेर हुँदैन भन्ने चाहिँ नहुने रहेछ,’ वैज्ञानिक दोभान भन्छिन्, ‘कार्य र अनुसन्धान गर्दा पहिला महिला भएकै कारण चुनौती सिर्जना गरिन्छ ।’

आप्mनो क्षमताले छात्रावृत्तीमा पिएचडी गरेर वैज्ञानिक बने पनि राईलाई महिला भएर अवसर पाइनँ भन्ने धेरै आउँछन् । प्रोत्साहन र मिहिनेत गरेमा महिला पनि विज्ञान तथा गणितलाई अध्ययन गर्न सक्ने उनको भनाइ छ ।


सुनी जोशीका अनुसार गणित तथा विज्ञान विषयमा रुची तथा अध्ययन अनुसन्धान गर्न चाहने महिलालाई प्रोत्साहन गर्ने संस्था नै नेपालमा छैन । विदेशमा भने यी विषयमा अध्ययन र खोज गर्ने महिलालाई सहयोग तथा सल्लाह दिने संस्था हुने गरेका उनले सुनाइन् ।


सामाजिक विज्ञान र विज्ञानलाई सँगसँगै लैजानुपर्छ

विज्ञान क्षेत्रमा अध्ययन अनुसन्धानसँगै सामाजिक विज्ञानलाई पनि सगसँगै लैजान पर्ने वैज्ञानिक हेमु खरेल बताउँछिन् । विज्ञान प्रविधिको क्षेत्रमा खोज अनुसन्धान सँगैसँगै सामाजिक विज्ञानलाई पनि सँगैसँगै लैजान सकेको खण्डमा विकासले तीव्ररुप लिन सक्ने उनी बताउँछिन् । सामाजिक तथा साँस्कृतिकरुपमा पितृसत्तात्मक समाजमा भएका धारणाको कारण समस्या भएको उनी बताउँछिन् । छोरी भएर यसरी बोल्न हुँदैन, यस्तो लुगा लगाउन हुँदैन, यसरी बाइकमा बस्न हुँदन, आदि जस्ता कुराले प्रत्येक्ष प्रभाव पार्छ । त्यसैले सामाजिक विज्ञानका सकारात्मक कुरालाई स्र्वीकार गर्दै विज्ञान प्रविधीलाई पनि अगाडि बढाउन पर्ने उनी बताउँछन् ।

‘मैले खोज तथा अनुसन्धान गरेका विषयलाई मासमा सहजरुपमा प्रस्तुत गर्ने आट आउदैन’ उनी भन्छिन्,  ‘धेरै राष्ट्रमा विज्ञान र प्रविधिका बारेमा प्रिजेन्टेसन दिएकी छु र पनि खोज र अनुसन्धान गरेका कुरालाई प्रस्तुत गर्न समस्या हुन्छ ।’

त्यसैले विज्ञान प्रविधीको खोज तथा अनुसन्धानसँगै सामाजिक विज्ञानलाई सँगै लैजानुपर्ने उनको तर्क छ ।  नेपाली वैज्ञानिक महिलाले आफ्नो खोज अनुसन्धानसँगै सामाजिक विज्ञानलाई बढावा दिनुपर्ने हेमु भन्छिन् ।

विज्ञान विषय बाहिरी आवरणमा भने जस्तै गाह्रो विषय नभएकाले महिलाको विद्यार्थीले सहजरुपमा अध्ययन गर्न सक्ने उनले बताइन् । युरोपेली मुलुकहरुमा विज्ञान प्रविधीसँगै सामाजिक विज्ञानलाईसँगै अगाडि बढेको उनले बताइन् ।

यता, सुनी जोशीका अनुसार गणित तथा विज्ञान विषयमा रुची तथा अध्ययन अनुसन्धान गर्न चाहने महिलालाई प्रोत्साहन गर्ने संस्था नै नेपालमा छैन । विदेशमा भने यी विषयमा अध्ययन र खोज गर्ने महिलालाई सहयोग तथा सल्लाह दिने संस्था हुने गरेका उनले सुनाइन् । त्यस्ता संस्थाले गणित तथा विज्ञान क्षेत्रमा अध्ययन खोज गर्ने महिला—महिलाबीचमा स्वास्थ छलफल गर्ने अवसर दिने गरेको उनको भनाइ छ । ‘अध्ययन, खोज र अनुसन्धान गर्दा आउने समस्याको बारेमा छलफल हुन्छ,’ उनी भन्छिन्, ‘समस्यालाई छलफलको माध्यमबाट एकअर्कालाई  प्रोत्साहन र समाधानको बाटो खोज्न सकिन्थ्यो ।’

(मार्टिन चौतारीद्वारा आयोजित ‘विज्ञानमा महिला’ विषयक अन्तरक्रियामा व्यक्त विचारमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप