‘प्रेम गीत ३’ को पोस्टरमा योद्धा पुष्कर
काठमाडौं । ‘प्रेम गीत ३’ यो बर्षको प्रतिक्षित फिल्म मध्यका एक हो । निर्माण युनिटले फिल्मको प्रचारप्रसार समेत फरक तवरले गरिरहेको छ ।
यस्तैमा फिल्म भित्रका मुख्य कलाकार मध्येका एक पुष्कर कार्कीको पनि क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । पोस्टर अनुसार फिल्मका उनको भूमिका के रहेको छ भनेर अुनमान गर्न सकिन्छ । फिल्ममा उनी ‘पुष्प’ नामको एक योद्धाको भूमिकामा देखिँदैछन् ।
छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेत लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
आसुशेन फिल्मस् प्रोडक्सनको प्रस्तुति रहेको फिल्म ‘प्रेम गीत ३’ आगामी चैत २८ गते रिलिज हँुदैछ । कल्याण सिंह र एलिश कार्कीको संगीत, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको नृत्य रहेको फिल्म बनिश शाह र भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)
-
उपनिर्वाचन : कस्ता सवारी साधनलाई हुँदैन रोकावट ?
-
कोलकाताविरुद्धको जितमा पञ्जाबले रच्यो नयाँ इतिहास
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच पहिलो खेल आज
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर