शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्मकर्मी भट्टराईको परिवारलाई निर्देशकको सहयोग

मङ्गलबार, २० फागुन २०७६, १२ : २४
मङ्गलबार, २० फागुन २०७६

काठमाडौं । स्वर्गीय फिल्मकर्मी केशव भट्टराईको परिवारलाई अमेरिकामा बस्दै आएका नेपाली चलचित्रका निर्देशकहरुले सहयोग गरेका छन् । उनीहरुले एक लाख छब्बीस हजार पाँच रुपियाँ चलचित्र निर्देशक समाज मार्फत स्व.भट्टराईको परिवारलाई सहयोग गरेका हुन् । 

निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह राणा, महासचिव जनकदिप पराजुली, निर्देशक दिपाश्री लगायतले उक्त रकम स्व.केशव भट्टराईकी पत्नीलाई प्रदान गरे ।

 अमेरिका बस्दै आएका चलचित्र निर्देशक नारायण पुरी, गोपाल चन्द्र लामिछाने, दिनेश कार्की,किशोर सुब्बा, अक्की शर्मा, यादब सिलवाल, बीबी फुँयाल र सुमन दाहालले उक्त रकम सहयोग गरेका थिए ।

चलचित्र बिकाश बोढका अध्यक्ष समेत रहेका भट्टराइको निधन पछि उनको परिवार आर्थीक चपेटमा रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप