कोरोना भाइरसबाट संक्रमित भएको हो कि भन्ने डर थियो, श्रीमतीलाई बाथरुममा थुनिदिए
एक व्यक्तिले कोरोना भाइरसबाट संक्रमित हुने डरले श्रीमतीलाई बाथरुममा थुनेका छन् । एक चिनियाँ महिलालाई भेटेपछि श्रीमतीलाई कोरोना भाइरस लाग्यो कि भन्ने डरले ती व्यक्तिले यस्तो गरेको बताइन्छ ।
बाथरुममा थुनिएपछि श्रीमतीले पुलिसलाई फोन गरेकी थिइन् । त्यसपछि पुलिसले उनीहरु बसिरहेको अपार्टमेन्टमा आएर महिलालाई छुटाए । श्रीमान्ले डाक्टरसँगको कुराकानीपश्चात् बाथरुममा बन्द गर्ने निर्णय लिएको दाबी गरे ।
डेली मेलको रिपोर्ट अनुसार श्रीमतीलाई कोरोना भाइरसको डरले बाथरुममा बन्द गरेको यो घटना युरोपको लिथुआनियाको लिवनिअसको हो । स्वास्थ्य परीक्षणमा महिलालाई कोरोना भाइरसको कुनै पनि संक्रमण नदेखिएको स्रोतले बताएको छ ।
श्रीमतीले श्रीमानमाथि आपराधिक कारवाही नगर्ने निर्णय गरिन् त्यसकारण श्रीमान् गिरफ्तारीबाट बचेका छन् ।
खासमा के भएको रहेछ भने श्रीमती एक चिनियाँ महिलालाई भेटेर आएको भन्ने थाहा पाएपछि श्रीमान् डराएका रहेछन् । स्मरण रहोस्, लिथुआनियामा अहिलेसम्म कोरोना भाइरसको एकजना पनि संक्रमित भेटिएका छैनन् ।
संसारका करिब ७० देशमा कोरोना भाइरसको संक्रमण पुगेको छ । यसमा चीन, इरान र दक्षिण कोरियामा सबैभन्दा धेरै मामला सार्वजनिक भएका छन् ।
संसारभरी कोरोनाभाइरसका ९० हजार ९ सय ३२ संक्रमित छन् भने यसबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय १९ छ । साथै ४८ हजार १ सय ७४ निको भएर घर फर्केका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’