केन्द्रीय संस्करण

‘बेन्जो’ मा हट अदिती

person explore access_timeफागुन २०, २०७६ chat_bubble_outline0

काठमाडौं । अभिनेत्री अदिती बुढाथोकी फिल्म ‘बेन्जो’मा देखिने भएकी छन् । करिव तीन बर्ष अगाडि बुढाथोकीले अनमोल केसी अभिनित फिल्म ‘कृ’बाट अभिनयमा डेब्यु गरेकी थिइन् ।

‘बेन्जो’ सुरेन्द्र पौडेलले निर्देशन गर्न लागेको फिल्म हो । उनलाई ‘कृ’मा पौडेलले नै डेब्यु गराएका थिए । भारतबाट मोडलिङ करियर अगाडि बढाइरहेकी बुढाथोकी बलिउड फिल्म समेत अभिनय गर्ने तयारीमा छिन् ।

इन्स्टागाम मार्फत आफ्नो हट एण्ड ग्ल्यामर फोटो सार्वजनिक गरेर बेलाबेलामा चर्चामा रहने बुढाथोकी एक भारतीय मिडियाको सर्वेक्षणमा केही पहिले टपटेन सेक्सी मोडलको सूचीमा समेत अटाएकी थिइन् ।

‘बेन्जो’ चैत पहिलो हप्ताबाट छायांकनमा जाने तयारीमा रहेको छ । फिल्ममा उनीसँगै लोकप्रिय गायक नितेशजंग कुँवर पनि अनुबन्ध भएक छन् । नितेशले यही फिल्मबाट हिरोमा डेब्यू गर्न लागेका हुन् ।

फिल्म अभियनका लागि अदिती अहिले वर्कसपमा जुटेकी छन् । फिल्मको छिट्टै घोषणा गर्ने तयारी भइरहेको छ । लभस्टोरी जनरामा निर्माण हुने यो फिल्ममा उनले आफ्नो  हट एण्ड सेक्सी फिगर समेत प्रस्तुत गर्नेछिन् ।

‘कृ’ अभिनयपछि उनले मुम्बईका केही फेसन शोमा मोडलिङ गरेकी थिइन् । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...