बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

३३ वर्षमा यति परिवर्तन भए रामायणका सीता राम, कमेडी शोमा पाहुना

मङ्गलबार, २० फागुन २०७६, ११ : १२
मङ्गलबार, २० फागुन २०७६

आउँदो शनिबार द कपिल शर्मा शोमा विशेष पाहुनाको उपस्थिती हुनेछ । यी पाहुनासँग पुरानो याद ताजा गर्ने पूरा तयारी भएको छ । यो हप्ता हास्यकलाकार कपिल शर्माको शोमा रामानन्द सागरको सिरियल रामायणका स्टार्स अरुण गोविल, दीपिका चिखलिआ र सुनिल लहरी आउँदैछन् ।

रामानन्द सागरको सिरियल रामायण जनवरी सन् १९८७ देखि जुलाई १९८८ सम्म चलेको थियो र अत्यधिक हिट भएको थियो । पछि थुप्रै प्रोडक्सन हाउसले रामायणमा सिरियल बनाए तर रामानन्द सागरको रामायणजस्तो चर्चित कुनै हुन सकेनन् ।

कपिलको कार्यक्रममा अरुण गोविल, दीपिका चिखलिआ, सुनील लहरी र प्रेम सागर आउँदैछन् । उनीहरुले फेब्रुअरी २६ फेब्रुअरीमा द कपिल शर्मा शोका लागि सुटिङ गरे । अर्चना पुरन सिंहले रामायणको स्टार कास्टसँग सोनी टिभीको फेसबुक पेजबाट लाइभ भिडियो पनि गरिन् ।

यतिबेला सबै कलाकारले रामायणबारे कुराकानी गरे र पौराणिक कहानीयुक्त शोमा काम गरेपछि उनीहरुको जीवन कसरी परिवर्तन भयो भनेर पनि कुरा गरे । उनका अनुसार पर्दामा भगवानको भूमिका निभाएपछि पूर्व प्रधानमन्त्री राजीव गान्धीले दिल्ली बोलाएर सम्मानित गरेपछि मात्रै अरुण गोविल र दीपिका चिखलिआले  आफूहरु चर्चित भएको थाहा पाए ।

यतिमात्रै होइन, रामायणका यी कलाकारले आफूलाई वाराणसीमा राम, लक्ष्मण र सीताका अभिनय हेर्नका लागि लाखौं भीड जम्मा भएको समय पनि स्मरण गरे ।

स्मरण रहोस्, अरुण गोविल, दीपिका चिखलिआ र सुनिल लहरीले रामायणका कारण देशभरी पहिचान पाएका थिए । यसबाहेक कार्यक्रममा दारा सिंह पनि थिए । उनले हनुमानको भूमिका निभाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप