शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्रीको सन्देश : खेलको बीचमा राम्रो खेलाडीले मैदान छोड्दैन

सोमबार, १९ फागुन २०७६, १९ : १९
सोमबार, १९ फागुन २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियोमार्फत आफ्नो शल्यक्रिया सफलता पूर्वक सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । सोमबार साँझ अस्पताल भर्ना हुनुअघि भिडियो सन्देश जारी गर्दै उनले यस्तो बताएको हुन् । 

प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि सोमबार भर्ना भएका छन् । प्रधानमन्त्री ओलीले आफ्नो जीवन संघर्षमा बितेको बताए । उनले भने, ‘मेरो सिंगो जीवन कुनैन कुनै किसिमको संर्घषमा वित्दैआएको छ । कहिले निरंकुशता विरुद्ध लोकतन्त्रको लागि संघर्ष, कहिले राष्ट्रिय हित तथा स्वाभिमानका लागि संघर्ष, त कहिले देशमा स्थायित्व नचाहनेर हुन नदिनेहरुसँगको संघर्ष ।’

भिडियो सन्देशमा प्रधानमन्त्री ओलील  १२ वर्षअघि दुवै मिर्गौलाले काम गर्न छोडेपछि २०६४ साउनमा मिर्गौला प्रत्यारोपण गराएको बारे पनि स्मरण गरे । त्यतिबेलाभन्दा अहिले मिर्गौला प्रत्यारोपण गर्न सहज भएको र अहिले थप सहज हुने उनले अपेक्षा छ।

नेपालमै अनुभवि नेपाली चिकित्सकले मिर्गौला प्रत्यारोपण गर्न लागेकोमा आफूलाई गर्व लागेको उनले सुनाए । विकास र समृद्धिका मुर्छित सपनालाई नेकपाले निर्वाचनमार्फत जागृत गराएको र तिनलाई बीचमै आफूले नछोड्ने बताए । 

उनले भने, ‘ भनिन्छ नि, आशाको दियो बलिरह्यो भने शान्ति, प्रेम र विश्वाको जग मजवुत तुल्याउन सकिन्छ । जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छोड्दैन त्यसैगरी जागृत हुँदै गरेका सपनालाई अलपत्र पारेर म पनि अलप हुन्न।’

संसारमा कोही पनि अजम्बरी नहुने र आफू पनि अजम्बरी हुनका लागि ती कुरा नबताइरहेको ओलीको भनाइ छ। उनले आफ्नो स्वास्थ्यलाई लिएर ढुक्क हुन आग्रह गरका छन्।

आफू अस्पतालमा रहेका बेला सरकार, पार्टी र संसद संचालनका लागि आवश्यक व्यवस्था गरिएको प्रधानमन्त्री ओलीले बताएका छन्। प्रधानमन्त्री ओलीले शीघ्र स्वास्थ्यलाभको कामना गर्ने स्वदेश र विदेशका सबै शुभेच्छुकलाई  धन्यवाद दिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप