शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

करेन्ट लागेर एक जनाको मृत्यु

सोमबार, १९ फागुन २०७६, १४ : ०६
सोमबार, १९ फागुन २०७६

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–६ डढुवामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बत्ति बनाउन पोलमा चढ्दा करेन्ट लागेर डढुवाका २६ बर्षीय पबन राईको मृत्यु भएको हो ।

 गएराति करिव १० बजे राईको घरमा करेन्ट नआएपछि पोलमा चढेर बत्ति बनाउने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर गंभीर घाईते भएका राईलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको थियो ।

उपचारकै क्रममा राती करिव ११ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप