शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संशोधित विधानअनुसार राप्रपा महाधिवेशन : प्रतिनिधि सङ्ख्या ४५ सय

सोमबार, १९ फागुन २०७६, ०९ : ५८
सोमबार, १९ फागुन २०७६

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चुस्त, व्यवस्थित र प्रभावकारी महाधिवेशनको तयारीमा जुट्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन् ।

पार्टीको केन्द्रिय सचिवालय, निर्वाचन समिती, संगठन र सूचना–प्रविधि विभागको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले समय सीमाभित्र तोकिएको कार्य सम्पन्न गर्न र नियमित अनुगमन गर्न समेत आग्रह गरेका हुन् ।

तल्लो तहको अनुशिक्षण बैठक तत्काल सम्पन्न गर्न र सकृय सदस्यता अभियानलाई प्रभावकारी बनाउन थापाले आग्रह गरे । राप्रपाको पछिल्लो संशोधित विधानअनुसार यसपटकको महाधिवेशन सकृय सदस्यताको आधारमा हुनेछ ।

तोकिएको न्युनतम सकृय सदस्यता नबनेका गाउँ, नगर, क्षेत्र र जिल्लाबाट महाधिवेशन प्रतिनिधि बन्न नसक्ने प्रावधान राखिएको छ । गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका, प्रदेश, संघीय र जिल्ला अध्यक्ष महाधिवेशनमा स्वतः प्रतिनिधि हुनेछन् भने प्रत्येक प्रदेश क्षेत्र निर्वाचन समितीबाट ८ जनाको दरले महाधिवेशन प्रतिनिधि हुनेछन् । ८ जनामा अनिवार्य २ महिला,१ उत्पीडित ,२ आदिवासी जनजाती, पिछडिएको, अल्पसंख्यक, थारु, मधेसीबाट र ३ अन्यबाट गरि प्रतिनिधित्व रहनेछ ।

महाधिवेशनमा प्रवासबाट सहभागी हुनेसमेत जोड्दा ४५ सय प्रतिनिधिको सहभागीता रहने जनाइएको छ ।

बैठकमा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, निर्बाचन समितीका अध्यक्ष तोरणबहादुर गुरुङ, संगठन विभाग प्रमुख सांसद राजेन्द्र लिङ्देन, सचिवालय प्रमुख भाष्कर भद्रा, सूचना–प्रविधि विभाग प्रमुख राजाराम बर्तौला लगायतको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप