बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चाणक्य नीतिः प्रेम र विवाहमा कहिल्यै असफल हुँदैनन् यी चार प्रकारका व्यक्ति

सोमबार, १९ फागुन २०७६, ०८ : ४१
सोमबार, १९ फागुन २०७६

चन्द्रगुप्त मौर्यका महामन्त्री रहेका आचार्य चाणक्यलाई नीतिका पंडित भनिन्छ । कौटिल्यको नामले पनि परिचित चाणक्यले आफ्नो नीतिको माध्यमले सबै समस्याको समाधान बताएका छन् । मनुष्यको जीवनमा यी नीति सर्वश्रेष्ठ साबित छन् । चाणक्यले प्रेम र प्रेमीको सफलताको विषयमा पनि धेरै कुरा गरेका छन् । चाणक्यले यस्ता चार प्रकारका पुरुषबारे जानकारी दिएका छन् जो प्रेम र वैवाहिक सम्बन्धमा कहिल्यै असफल हुन सक्दैनन् । जसबारे यहाँ जानकारी दिइएको छः

१. श्रीमतीको सम्मानः

चाणक्यका अनुसार जो व्यक्तिले महिला (आमा, दिदी बहिनी र श्रीमती) र्ला सम्मानको नजरले हेर्छन् र उनीहरुको महत्व बुझ्छन् भने उनीहरु आफ्नो सम्बन्धमा कहिले पनि असफल हुन सक्दैनन् । प्रेमिकाले आफ्नो प्रेमीको यस्तो व्यवहार देखेर निकै कृतज्ञ महसुस गर्ने गर्छिन् ।

२. पराई स्त्रीप्रति आकर्षित नहुनेः

चाणक्यले प्रेमीको यो बानीलाई सबैभन्दा महत्वपूर्ण मानेका छन् । उनका अनुसार कुनै एक व्यक्ति प्रेमिका वा श्रीमतीबाहेक अन्य कुनै महिलाप्रति आकर्षित हुँदैन वा अरुलाई गलत नजरले हेर्दैन, उनी जीवनभरी आफ्नो प्रेमलाई बचाउन सफल हुनेछन् । यस्तो बानी भएका व्यक्ति देखावटी हुँदैनन् र ती व्यक्तिको यो गुणले सम्बन्धमा विश्वासको वातावरण पैदा हुने गर्छ । जुन सफल सम्बन्धको अपरिहार्य तत्व हो ।  

३. पार्टनरको सुरक्षाः

जुन व्यक्ति आफ्नो श्रीमतीको सुरक्षाका लागि हरदम तयार हुन्छ, उनीहरुको सम्बन्धमा कहिले पनि तित्तता छाउँदैन । प्रेमिका वा श्रीमतीको रक्षा गर्ने प्रेमी आफ्नो सम्बन्धमा कहिले पनि असफल हुँदैनन् । हरेक श्रीमतीले आफ्नो श्रीमानमा पिताको एउटा छाँया देखेकी वा खोजेकी हुन्छिन् । यस्तोमा यदि श्रीमतीले सुरक्षाको भावना पनि प्राप्त गर्छिन् भने उनी तपाईंसँग सधैं खुसी हुनेछिन् ।

४. प्रेमिका वा श्रीमतीको सन्तुष्टिः

चाणक्यका अनुसार प्रेमिल सम्बन्धमा प्रेमिका वा श्रीमतीको सन्तुष्टि निकै महत्वपूर्ण हुन्छ । जो प्रेमी आफ्नो पार्टनरलाई भौतिक सुखका साथै शारीरिक सुख प्रदान गर्छ ऊ आफ्नो सम्बन्धमा खुसी भइरहन सफल हुनेछ । चाणक्यका अनुसार प्रेमीले आफ्नी प्रेमिकासँग कोमल स्पर्श कायम राख्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप