मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

इभांका ट्रम्पको फोटोसप तस्बिर सोसल मिडियामा भाइरल भएपछि दिइन् यस्तो प्रतिक्रिया

सोमबार, १९ फागुन २०७६, ०७ : १३
सोमबार, १९ फागुन २०७६

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भारत भ्रमण समाप्त भइसकेको छ तर उनकी छोरी इभांका ट्रम्प भारतीय सोसल मिडियामा अझै पनि सेलाएकी छैनन् ।

इभांकाको तस्बिर सोसल मिडियामा मज्जाले सेयर भइरहेका छन् । यद्यपि उनका जुन तस्बिर सेयर भइरहेका छन् ती वास्तविक नभई फोटोसप गरिएका हुन् ।

त्यही फोटोसप तस्बिर फेसबुक, ट्वीटर र अन्य सोसल मिडियामा हज्जारौं संख्या सेयर गरिएका छन् ।

यसमध्ये कतिले इभांकालाई ताजमहल अगाडि डायना बेन्चमा बसिरहेको फोटोसप गरेका छन् भने कसैले उनलाई साइकलमा बसालेका छन् ।

अब इभांका आफैंले यी तस्बिरको जवाफमा दिएकी छिन् । उनले भारतीय जनताको न्यानोपनको तारिफ गर्दै धेरै नयाँ साथी बनाएको बताएकी छिन् ।

यसमध्ये एक तस्बिर नायक दलजीत दोसांजको पनि छ । यसमा उनले इभांकासँगको फोटोसप तस्बिर सेयर गर्दै लेखेका छन्, ‘पिछा नै लागिन्, भनिन् मलाई ताजमहल जानु छ ...’

अब यो ट्वीटमा इभांका ट्रम्प आफैंले जवाफ दिँदै लेखेकी छिन्, ‘मलाई ताजमहल देखाइदिएकोमा धन्यवाद । यो अनुभवलाई म कहिले पनि बिर्सने छैन ।’

ट्वीटरमा राधिका मीणा लेख्छिन्, ‘कसैले ठट्टा गर्दै बनाएको भए पनि तपाईं असाध्यै राम्री देखिनुभएको छ । तपाईंलाई सायद नराम्रो नलाग्ला । भारतीय समाजलाई तपाईंसँग ठूलै लगाव छ ।’

यस्तै सुनील कुमार योगी लेख्छन्, ‘एक महिला जसले लाखौं भारतीयको मन जितिन् । इभांका पुनः भारत आउनुहोस् ।’

इभांकाले ताजमहल अगाडि खिचाएको आफ्नो फोटोलाई ट्वीटरमा पिन टु टप गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप