शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहको कोरोना हेल्थ डेस्कले गर्‍यो स्वास्थ्य परीक्षण (भिडियो)

सोमबार, १९ फागुन २०७६, ०० : ०७
सोमबार, १९ फागुन २०७६

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको त्रिभुवन विमानस्थलमा कोरोना भाइरस संक्रमणको परीक्षण गरिएको छ । दुई सातादेखि भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार को स्वदेश फर्किने क्रममा कोरोना भाइरस संक्रमणको परीक्षण गरिएको हो । स्वास्थ्य परीक्षणमा उनको शरीरको तापक्रम सामान्य रहेको पाइएको छ ।

पूर्वराजा शाह पूर्वरानी कोमल शाहसहित भारतको अमृतसरमा रहेको पवित्र स्वर्ण मन्दिरको दर्शन गरी पूर्व  स्वदेश फर्केका हुन् । पूर्वरानी कोमल शाहको जन्मदिनको अवसर पारेर उनीहरु दुई हप्ताअघि त्यसतर्फ प्रस्थान गरेका थिए । स्वर्ण मन्दिर पुगेका पूर्वराजा ज्ञानेन्दले भारतको नयाँ दिल्लीमा रहँदा राजनीतिक भेटघाट समेत गरेका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप