बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सामसङको दुईवटा नयाँ सेट ग्यालेक्सी S20 र S20+ को प्रि अडर खुला

आइतबार, १८ फागुन २०७६, १२ : ०६
आइतबार, १८ फागुन २०७६

नेपालको अग्रणी इलेक्ट्रोनिक्स तथा स्मार्टफोन ब्राण्ड सामसङ नेपालले हालै आफ्नो प्रि अडर अफर अन्तर्गत ग्यालेक्सी S20 स्मार्ट फोन प्रस्तुत गरेको छ । सामसङको यो फ्ल्यागसिप डिभाइसमा आधारभूत परिवर्तन गरेको छ । जसले गर्दा यो फोनले हाम्रो संसारलाई क्याप्चर गर्नलाई थप सहजता प्रदान गर्दछ । 

नेपालमा यही फाल्गुन ३० गते देखि ग्यालेक्सी S20 र S20+ उपलब्ध हुनेछ । साथै प्रि–अडर गर्नु हुने उपभोक्ताहले यी फोनहरु सो मितिभन्दा अगाडि पाउनुहुनेछ ।

सामसङका दुबै फोन S20 र S20+  सेटहरु नेपाली बजारमा निम्न मूल्यमा बिक्री हुने छन् । 

     Galaxy S20                  :          रू १०७,४९९ 
     Galaxy S20+                 :          रू ११९,४९९ 


Galaxy S20 रिजमाप्रयोग गरिएको क्यामेरा विश्वको पहिलो आविष्कार हो, जसले उच्चस्तरीय फोटो एवं भिडियो सम्पादनगर्न सकिन्छ ।जीवन्त रुपमाफोटो खिच्ने तरिका एवं आफ्नो विषयवस्तुलाई वेग्लै तरिकाबाट प्रस्तुतगर्ने स्वतन्त्रतायसले प्रदानगर्दछ । 

“सामसङ Galaxy S20  सीरिजले भिडियोग्राफी र फोटोग्राफीलाई नयाँ ढंगले प्रस्तुत गरेको छ । यस फ्ल्यागसिप डिभाइसमा रहेको सेन्सर र प्रविधिले भिडियो र फोटो खिच्नझन् सजिलो बनाएको छ ।” सामसङ मोबाइलबिजिनेस हेड प्रणय रत्न स्थापितले बताउनु भयो ।

यसमा पूर्ण रुपमा नयाँ क्यामेरा सिस्टमको प्रयोग गरिएको छ– ए आई तथा सामसङको वृहत् इमेज सेन्सरले हरेक क्षणलाई उत्कृष्टताका साथ कैद गर्ने स्वतन्त्रताप्रदानगर्दछ । 

Galaxy S20 रिजमासामसङका विशेष सुविधाहरु रहेका छन् । यो सीरिजमाउत्कृष्ट हार्डवेयर एवं फिचर्सहरु रहेका छन् :

उत्कृष्ट दृश्यावलोकनःउच्चस्तरीय फोटो खिच्नको लागि Galaxy S20  सीरिजमा ६४ मेगापिक्सलको क्यामरा र सेन्सर राखिएको छ ।

सुपर जुमःदुबै फोनमा ३०x सम्मको जुम रहेको छ । 

Single TakeMSingle Take ले एकै साथ रियर क्यामरामा रहेको सबै लेन्सहरुको प्रयोग गर्दछ । यसमा तपाइँले विभिन्न फाम्र्याटमा १० सेकेन्ड सम्मको भिडियो खिच्न सक्नुहुन्छ, जसले गर्दा उत्कृष्ट स्टाइल छनौट गर्न सहज हुन्छ र पुनःखिच्न आवश्यक हुँदैन । 

प्रो–ग्रेड–फ्लिमिङ्ग Galaxy S20 संसारको एकमात्र स्मार्ट फोन हो जसबाट 8K भिडियो रेकडिङ्ग सकिन्छ । 

नयाँ क्यामेराको संरचनाले तपाइँलाई स्वतन्त्र रुपमा प्रभावशाली पार्टनर सिप्सको साथ, आफ्ना अनुभव सहजएवं उत्कृष्ट तरिकाबाट संसार सामू साट्ने सुविधा प्रदान गर्दछ । यसबाट 8K क्वालिटीको भिडियो खिच्न सकिन्छ र जुन सामसङको QLED 8K  मा सहजै स्ट्रिमिङ्ग गर्न सकिन्छ । साथै 8K भिडियोबाट हाइ–रिजोलुसनफोटो पनि निकाल्न सकिन्छ ।

ग्यालेक्सी S20 र 20+ १४ फागुन, २०७६ देखि शुरु हुने अग्रिमअर्डर अवधिमा नेपालकाकुनै पनि सामसङको स्टोरमा रु ५००० जम्मा गरेर अर्डर गर्न सकिन्छ । S20 दुई वटा रंग कस्मिक ग्रे र क्लाउड ब्लु तथा S20+ तीनवटा रंग कस्मिकब्ल्याक, कस्मिक ग्रे र क्लाउड ब्लुमाउपलब्ध रहने छ । 

ग्यालेक्सी S20+  अग्रिम अर्डर गरेका ग्राहकहरुले ग्यालेक्सी बड्सप्लसनिःशुल्कवा ३२ इन्चको सामसङ टिभि रु. ५,९९९  माखरिद गर्न सक्नुहुने छ । साथै, ग्यालेक्सी क्द्दण्अग्रिम अर्डर गरेका ग्राहकहरुले रु. २,९९९  थप गरी ग्यालेक्सी बड्सप्लसवा ३२ इन्चको सामसङ टिभिरु ८,९९९  माखरिद गर्न सक्नुहुने छ । 

साथै अग्रिम अर्डर गरेका ग्राहकहरुले ग्यालेक्सी उपहार स्वरुप टर्किस एअरलाइन्समा, एस ट्राभल्सको राष्ट्रिय तथाअन्तर्राष्ट्रिय प्याकेजहरुमा, लेट मिइनका सेवाहरुमा, बयोधा हस्पिटलमा एवंकेजीएच ग्रुपको प्रोपर्टिजमाभारी छुट पाउनुहुनेछ ।

अग्रिम अर्डर गर्नुभएकाग्राहकहरुलाईएकपटकको टुटफुटमा १२ महिनाको बीमातथाविभिन्न बैंकबाट मासिककिस्तामा (इएमआई) पनिउपलब्धहुनेछ ।

साथै अग्रिम अर्डरगर्नुहुने ग्राहकहरु लक्की ड्र का लागिस्वतः योग्यहुनुहुनेछ जसमाविजेताहरुले टर्कीस एयरलाईन्सको तर्फबाट दुइतर्फी बिजनेस क्लास टिकेट,ग्यालेक्सी वाच एक्टिभ २,केजीएच ग्रुपको वाटरफ्रन्ट रिसोर्ट वाहिमालयनफ्रन्टहोटेलमादुई रात बसाइ पाउनुहनेछ । साथै, लेट मिइनको तर्फबाट रु ५०००   बराबरको कुपन पनि पाउनुहुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप