बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

दोस्रो खेलमा पनि नेपाल पराजित

आइतबार, १८ फागुन २०७६, ११ : ३५
आइतबार, १८ फागुन २०७६

काठमाडौँ । थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टी–२० कप क्रिकेटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।

बैङ्ककस्थित टेर्डथाइ क्रिकेट मैदानमा आइतबार भएको खेलमा हङकङसँग नेपाल ४३ रनले पराजित भएको हो ।

एक सय ५५ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरको खेलमा १९ औँ ओभरको पहिलो बलमा सबै विकेट गुमाउँदै एक सय ११ रनमात्र बनाउन सक्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए । यसअतिरिक्त कुशल मल्लले १९, अविनाश बोहराले १२ र आरिफ शेखले १० रनको योगदान गरे । 

यसअघि पहिला ब्याटिङ गर्दै हङकङले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५४ रन बनाएको थियो ।

हङकङका लागि निजाकत खान मोहम्मदले सर्वाधिक ४८ रन बनाएका थिए । यस्तै मोहम्मद अजिज खानले २९, हारुन मोहम्मद अरशदले २७, शहिद वासिफले २६ रनको योगदान गरे ।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछाने र सुशन भारीले दुई–दुई विकेट लिए भने कुशल मल्लले एक विकेट हात पारे । 

जारी प्रतियोगिताको पहिलो खेलमा मलेसियासँग नेपाल २२ रनले पराजित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप